२०८१ बैशाख ९ गते आइतवार

डोल्पामा जनप्रतिनिधि र कर्मचारी मिलेर सुधारे सडक




रामचन्द्र न्यौपाने,
डोल्पा १ फागुन : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर सडक निर्माण गरेकाछन् ।
नगरपालिका भित्र पर्ने चुँ गार्ड खोला देखि लिकु जाने बाटोसम्मको करिब एक किलोमीटर सडक निर्माण सँगै सुधार गरेकाहुन् ।
मंगलबार नगर प्रमुख जनचन्द्र रोकायको नेतृत्वमा गएको जनप्रतिनिधि र कर्मचारीको टोलीले साँघुरो ठाउँमा बाटो चौडा गर्नुका साथै बिच बाटोमा रहेका ढुंगाहरु फुटाएर सडक निर्माण गरेको हो ।
पैदल यात्रु र मोटरसाइकलमा आवतजावत गर्न समस्या भएपछि जनप्रतिनिधि र कर्मचारी मिलेर सडक सुधार सँगै निर्माण गरिएको नगर प्रमुख रोकायले बताए ।
सबै सानातिना ठाउँमा बजेट हाल्न पारदर्शी नहुने भएकाले जनप्रतिनिधि र कर्मचारी सहित श्रमदान गरेर सडक बनाइएको उनले बताए ।
पहिला बाटो अप्ठेरो भएकाले मोटरसाइकलमा यात्रा गर्न असहज भएपनि अब भने सरर यात्रा गर्न मिल्ने बनाइएको छ ।
बाटो सुधार भएसँगै चुँ गार्ड खोलामा मोटरेवल पुल नबनुञ्जेल मोटरसाइकलमा सहज रुपमा आवत जावत गर्न सकिने वडा नं १ का अध्यक्ष रामचन्द्र कुलालले बताए ।
श्रमदान कार्यक्रममा झण्डै पचास जना जनप्रतिनिधि र कर्मचारी सहभागी भएका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?