२०८० चैत्र १६ गते शुक्रवार

बहुपति प्रथाको कहालीलाग्दो यौन शोषणमा परेकी ‘टुल्की’



रामचन्द्र न्यौपाने/डोल्पा ३० भदौ: हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ सार्वजानिक गरिएको छ ।
‘द पाल्म ग्रुपद्धारा’ निर्माण गरिएको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ बुधवार राजधानी स्थित वान सिनेमा नयाँ बानेश्वरमा पत्रकार भेटघाट मार्फत सार्वजानिक गरिएको हो ।
चलचित्रमा देशका उच्च हिमाली भेगमा प्रचलनमा रहेको बहुपति प्रथाको कथालाई उजागर गरिएको निर्माता शेखर लामाले जानकारी दिए ।
‘टुल्की’ मा डोल्पाको तल्लो भेगमा रहेको ब्रामण बस्तीमा हुर्किएकी चेली र माथिल्लो डोल्लाको शेर्पा समुदायमा हुर्केका केटा विचको प्रेम सम्बन्धलाई उजागर गरिएको लामाले बताए ।
“‘टुल्की’ प्रेम बिवाह गरेर माथिल्लो डोल्पा पुग्छिन,संस्कारका नाममा घरका सबै भाइको जवरजस्ती यौन प्यास मेटाउने माध्यम बन्छिन्,त्यसपछि ‘टुल्की’ ले बदलाको भावना लिँदै आफु सहित सबै घरपरिवारको हत्याको बाटो रोज्छिन्”लामाले भने ।
चलचित्रमा फरक संस्कारमा हुर्केकी ‘टुल्की’ को जीवनमा संस्कारका नाममा आइपरेको सामुहिक यौन शोषणको कहालीलाग्दो घटनालाई विशेष रुपमा प्रस्तुत गरिएको छ”लामाले थपे ।
बहुपति प्रथामा घरका कुनै एक भाईले विहे गरेपछि अन्य कुनै पनि भाईले विहेगर्नु पर्दैन भने तिनै महिलाबाट सबैभाइले सामुहिक सन्तान जन्माउने र घर गृहस्ती चलाइन्छ ।
यो चलचित्र निर्माणकालागि झण्डै चार बर्ष अनुसन्धान गर्नु परेको र निर्माणकालागि झण्डै एक करोड लागेको निर्माण पक्षले जनाएको छ ।
नेपालमा अहिलेसम्म बनाईइका सबै चलचित्र भन्दा भिन्दै र एक शन्देशमुलक चलचित्र रहेको निर्माण पक्षको दाबी छ ।
चलचित्रको निर्देशन तथा छायाङ्कन देबजंग थापाले गरेकाछन् भने वरिष्ठ कलाकार शिशिर वाङ्देल,स्वस्तिमा कार्की,नरेन्द्र तामाङ्ग,सोम लामा,शेखर लामा,सौजन सुब्बा,सोफिया लिम्बु,दिर्घ लामा,रत्न प्रसाद न्यौपाने,हिमाली न्यौपाने,भक्तसिँह कठायत लगायतका कलाकारको अभिनय रहेको ।
चलचित्रमा र्सिञ्चव लिम्बुले संगित भरेकाछन् ।सम्पादन किम्मे थापाले गरेकाछन् ।
शेखर लामा र आर.पी कर्माचार्यको संयुक्त लगानीमा चलचित्र निर्माण गरिएको हो ।
निर्माणको सबै काम सकिसकेकाले केही समयमै चलचित्र प्रर्दशनमा ल्याइने बताइएको छ ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?