
काठमाडौं: स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना महिला पक्राउ परेका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ की ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास पक्राउ परेका हुन ।
मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले बताए ।
बरामद रकमसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको उनले बताए ।
प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार