२०८१ बैशाख ३० गते आइतवार

अनाधिकृत शुल्कबारे बुझ्न जाजरकोटका सिडियाे तल्नुबगर जाँदै




रामचन्द्र न्याैपाने,
डाेल्पा ५ माघ : जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे नेतृत्वकाे टाेली अनाधिकृत शुल्क बारे बुझ्न तल्नुबगर जान लागेकाे छ ।
डाेल्पा जाेड्ने भेरीकरिडाेर अन्तर्गत पर्ने तल्नुबगर स्थित भेरी नदिमा लगाइएको ह्युमपाइपकाे पुलमा अनाधिकृत रुपमा सवारीसाधनलाइ शुल्क उठाउन थालिएपछि त्यसकाे बारेमा बुझ्न प्रशासनकाे टाेली जान लागेकाे हाे ।
केही युवाहरुकाे समुहले अनाधिकृत रुपमा शुल्क उठाउन थालेकाे समाचार सहित गुनासाे आएपछि त्यहाकाे बसुस्थिति बुझ्न तल्नु जान लागिएको जाजरकोटका सिडियाे सुनारले बताए ।
काेहि कसैले विभिन्न बहानामा निजि रुपमा पैसा उठाउन नपाइने भएकाले तत्काल राेक्ने उनकाे भनाइ छ ।
आठबीसकाेट नगरपालिकाका जनप्रतिनिधिकाे समूह पनि जान लागेकाे बताइएको छ ।
ह्युमपाइप बनाउन व्यक्तिगत रुपमा चालीसलाख खर्च भएको भन्दै स्थानीय युवाहरुले बुधबार देखि जीप,ट्याक्टर र ट्रकलाई पाँच देखि पन्ध्रहजारसम्म उठाउन थालेकाे यातायात ब्यवसायिले गुनासाे गरेकाछन् ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?