२०८० चैत्र १६ गते शुक्रवार

भागरथी हत्या प्रकरण : आरोपीलाई ५ दिन म्याद थप



काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले मंगलबार अदालतमा हाजिर गराएको छ ।

अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप गर्न अदालत लगिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार भट्टविरुद्ध अनुसन्धानका लागि थप ५ दिन म्याद अदालतले दिएको छ ।

हाल प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधारहरु खोज्दै अनुसन्धान गरिरहेको छ । भट्टलाई घटनास्थल आसपास देख्नेहरुको कागजी बयानदेखि फरेन्सिक जाँच पनि जारी छ ।

भागरथीको भजाइनल स्वाब प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । उनको मोबाइलको समेत प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण भइरहेको छ ।

विद्यालयबाट २१ माघमा घर नफर्किएपछि भट्टको खोजी सुरु भएको थियो । भोलिपल्ट उनको शव सडकबाट ३० मिटर पर झाडीमा भेटिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?