२०८१ बैशाख ३१ गते सोमवार

डोल्पामा छायांकन गरिएको ‘रातो किताब ‘सार्वजनिक!



पुर्ण कुमार/ नेपाल ब्रेक

डोल्पा, १३ वैशाख

दुर्गमका नागरिकको संघर्षकाे गाथालाई समेटिएको रातो किताब शिर्षकको म्युजिक भिडियो डा सार्वजानिक गरिएकाे छ ।बिहिवार चर्चित गायक सुरज पण्डितको अफिसियल युट्युव च्यानल मार्फत भिडियो सार्वजानिक गरिएको हो ।

डोल्पाकाे त्रिपुराकोट,शहरतारा लगायतका स्थानमा छायाङ्कन गरिएको भिडियोमा कहिल्यै पुरा नहुने नेताका चुनावी बाचा,दुर्गममा स्वास्थ्य उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई दृश्यमा देखाइएको कलाकार बषन्त उदासले बताए ।

यस्तै गरि देशमा पहुँच हुनेले मात्र सरकारी सेवा सुविधा लिने र सर्वसाधारण नागरिकहरु रोजगारीको खोजीमा विदेशीनु पर्ने अवस्थालाई समेत उजागर गरिएको छ ।सन्चार माध्यमको अभावमा समयमै सुचना आदान प्रदान गर्न नसक्दा भाेक्नु परेको पीडालाई भिडियोमा यथार्थ चित्रण गरिएको छ ।

म्युजिक भिडियो मार्फत नेपाली राजनितिक नेतृत्वले नेपाली समाजमा गरेकाे झुटकाे असली चरित्र र दुर्गमको वास्तविक कारुणिक अवस्थनलाई चित्रण गर्ने प्रयास गरिएको कलाकार लक्ष्मण देबकोटाले बताए ।

पछिल्लो समयका निकै व्यस्त र चर्चित निर्देशक लक्षमण सुनारको निर्देशन रहेकाे राताे किताब म्युजिक भिडियाेमा निकै चर्चित रेलको बाटो,सिँहदरबार लगायतका चर्चित गित गाएका सुरज पण्डित को शव्द ,संगित र स्वर रहेकाे छ ।

भिडियो निर्माण माता त्रिपुरासुन्दरी मिडिया हव प्रालीले गरेको प्रालिका अध्यक्ष हरी पन्थीले जानकारी दिए ।म्युजिक भिडियोमा लक्ष्मण देबकोटा,सुस्मिता कुँवर,बसन्त उदास,एन्जिला पन्थी,रत्न प्रसाद न्यौपाने पुर्ण विष्ट र सन्चारकर्मी टेक शाही, लगायतको अभिनय रहेको छ ।

सामाजिक सञ्जाल युट्युब मा रिलिज हुनु पुर्व हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे भवनमा भिडियाे निर्माणकर्ता माता त्रिपुरासुन्दरी मिडिया हब प्रालिले बिहिवार सार्वजनिक गरेकाे हाे ।

सार्वजनिक प्राेजेक्टर मार्फत सावर्जनिक गरिएको म्युजिक भिडियो राताे किताब हेरेका दर्शकहरुले दुर्गमका नागरिकले भाेक्नु परेकाे पीडा विकृति विसंगति भरष्टचार र राजनीतिक नेतृत्वले जनतामा गरेका छलछामकाे चरित्रलाई उजागर गरेर बास्तविकतालाई कथाकाे माध्यमबाट सन्देश दिन खाेजेकाे प्रतिकृया दिएका छन ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?