२०८० चैत्र १६ गते शुक्रवार

जगदुल्लामा अन्तर महिला समुह फुटबल प्रतियोगिता हुँदै !



डाेल्पा २१ फागुन : हिमाली जिल्ला डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा अन्तर महिला समुह फुटबल प्रतियोगिताहुने भएको छ ।
जगदुल्ला नमुना युवा क्लबले आयाेजना गर्न लागेकाे उक्त प्रतियोगिता २४ फागुनमा नारी दिवसकाे अवसरमा खेलाइने छ ।
चुलाेचाैकाेमामात्र सिमित महिलाईहरुलाई मनाेरञ्जन पनि हाेस भन्ने अभिप्रायले खेल आयाेजना गरिएको क्लबका अध्यक्ष रामचन्द्र बस्नेत(भाष्कर)ले जानकारी दिए ।
खेलमा करिब बाह्र देखि पन्ध्र टिमले सहभागीता जनाउने उनले बताए ।
खेलमा बिजेता टिमलाई कप,मेडल,प्रमाणपत्र र नगत पुरस्कारकाे समेत व्यवस्था रहेकाे उनकाे भनाइ छ ।
खेलसँगै वातावरण सम्बन्धि सचेतनामुलक कार्यक्रम पनि रहेकाे बताइएको छ ।
क्लबनै आयाेजक रहेकाे उक्त खेलमा जगदुल्ला गाउँपालिका,शे-फाेक्सुन्डाे राष्ट्रिय निकुञ्ज,डब्लु डब्लु एफ काे आर्थिक सहयोग रहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?