
डाेल्पा २० पुस : चर्चित गीत ‘रेलको बाटो’ का लेखक लेखराज गिरि द्वारा लिखित दुर्गमको ब्यथा बोकेको अर्को गीत ‘नुनको भारी’ नामक गीतको छायांकन आजदेखी प्रारम्भ गरिएको छ । मंगलबार डोल्पाको प्रमुख धार्मिक स्थल त्रिपुरासुन्दरी देबिको मन्दिरमा बिशेष पुजाआजा गरि शुभ मुहुर्त गरिएको हो ।गीतको भिडियोमा रेलको बाटो गीतमै अभिनय गरेका लक्ष्मण देबकोटा र सरस्वती खत्रीकै अभिनय रहने छ । रेलको बाटोमा सङै देखिएका लक्ष्मण देबकोटा र सरस्वती खत्री फेरि एउटै भिडियोमा एकसाथ देखिने भएका हुन्र । देबकोटा र खत्रीको साथै भिडियोमा बसन्त उदास , लेख बुढा लगाएत अन्य स्थानीय कलाकारहरुको समेत अभिनय रहने भएको छ। गीतमा बादल थापाकाे लय र स्वार रहेको छ ।
दुर्गमको वास्तबिकता कोर्न खप्पिस लेखराज गिरिले नुनको भारी गीतमा पनि विकट गाउँबस्तिको ब्यथा समेटिएको बताए । दुर्गम हिमाली जिल्ला डोल्पामा खिचिने उक्त भिडियो अब छिट्टै प्रदशन गरिने पनि निर्माण पक्षले बताए । भिमसेन कल्याल ठकुरीले छायांकन गर्ने भिडियोको निर्देशन बिनय पौडेलले गरेका हुन।