२०८१ जेष्ठ १ गते मङ्गलवार

डोल्पामा चिसो बढ्यो, जनजीवन कष्टकर



पुर्ण कुमार/ नेपालब्रेक

कार्तिक २५, डोल्पा

हिमाली जिल्ला डोल्पामा मौसम परिवर्तनसँगै चिसो बढ्दा यहाँको जनजीवन कष्टकर बनेको छ ।

डोल्पाको उत्तरीक्षेत्र र उप्पर डोल्पा आसपासका लेकमा हिउँ परेपछि सदरमुकाम दुनै , त्रिपुराकोट , जुफाल बजार सहित उत्तरी क्षेत्र डोल्पाेबुद्द, छार्का ताङ्सोङ, शे-फोक्सुन्डो गाउँपालिका भित्रका बस्तीमा चिसो बढेको हो ।

चिसो बढेसँगै यहाको जनजीवन कष्टकर बन्दै गएको छ । शुक्रबारबाट आएको मौसम परिवर्तनले जिल्लाको उच्च क्षेत्रमा हिमपात भएको छ भने सदरमुकाम दुनै सँगै बेँसीमा वर्षा भएपछि डोल्पामा चिसो बढेर यहाँको जनजीवन कष्टकर बनेको हो ।

हिउँद याम सुरु भएसँगै डोल्पाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अझ त झन मथिल्लो डोल्पाका नागरिक चिसो छल्न तल्लो डोल्पाको त्रिपुराकोट तिर झर्ने गर्छन् । मौसम परिवर्तनसँगै शुक्रबारदेखि चिसो निकै बढेपछि जिल्ला स्थित स्वास्थ्य , प्रशासन र प्रहरि कार्यालय आफ्नो स्वास्थ्यको ख्याल राख्न अनुरोध समेत गरेका छन्।

चिसोले डोल्पाका बजारमा मानिसको आवतजावत घटेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?