२०८० जेष्ठ १९ गते शुक्रवार

नेता बिष्टले दर्ता गराए माओवादी केन्द्रबाट मेयरमा पहिलो उम्मेद्धारी



डोल्पा ११ बैशाख
त्रिपुरासुन्दरी नगरपालिकामा माओवादी केन्द्रबाट दिल बहादुर बिष्टले मेयर पदमा उम्मेद्धारी दर्ता गराएकाछन् ।
सयौँ नेता कार्यकर्ता र शुभचिन्तक सहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिकामा पुगेर नेता बिष्टले मेयर पदमा उम्मेद्धारी दर्ता गराएकाहुन् ।
शनिवार नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा साधारण सदस्य समेत नरहने गरि राजिनामा गरेका बिष्टले आइतबार माओवादी केन्द्रमा प्रवेश गरेर मेयरको टिकट लिएका थिए ।
नेता बिष्टलाई माओवादी केन्द्र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रामलाल बिक,केन्द्रिय सदस्य काली चलाउने,प्रदेश सभा सदस्य बिरबहादुर शाही लगायतले स्वागत गरेकाहुन् ।
प्रवेश कार्यक्रममा बोल्दै नेता बिष्टले काङ्ग्रेस सामान्तबाद र पुँजीपति बर्गको पार्टीको भएको बताउँदै माओवादी सर्वहारा वर्गको पार्टी भएकाले सबैले सहयोग गर्न आह्वान गरे ।
लामोसमय काङ्ग्रेसमा रहेर विभिन्न कालखण्डमा पार्टीकालागि ठुलो त्याग,तपस्या,बलिदान,संघर्ष गर्दै आएपनि अन्तिम अवस्थामा पार्टीले अन्र्तघात गरेपछि विकल्प रोज्न बाध्य भएको उनले बताए ।
नेता बिष्ट जनमत भएका प्रभावसाली नेताको रुपमा परिचित छन् ।
पहिलो स्थानीय तहको चुनावमा नगर प्रमुख पदमा झिनो मतान्तरले पराजय भोगेका बिष्ट विगत २९ बर्ष देखि काङग्रेसको राजनितिमा सक्रिय भुमिका खेल्दै आएका थिए ।
विस २०५२ सालमा काङ्ग्रेसबाट पार्टी सभापति समेत भएका थिए ।बिष्टका सन्तान छैनन् ।
बिष्टकी श्रीमती दिलमाया बिष्टले पनि महिला संघ जिल्ला अध्यक्षबाट राजिनामा दिएर माओवादी केन्द्रमा प्रवेश गरेकीछन् ।
नेता कार्यकर्ताको दवाव भएकाले उम्मेद्धारी दिनुका साथै आफ्नो जित सुनिश्चित भएको बिष्टले दाबी गरे ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?