२०८१ जेष्ठ १ गते मङ्गलवार

त्रिपुरासुन्दरीकाे दशौं हिउँदे नगर सभा सम्पन्न!

सात विधेक दुई नियमावली तिन कार्यविधि र दुई निर्देशिका पारित !


पूर्ण कुमार/ नेपालब्रेक
पुस २८, डोल्पा
सात विधेक दुई नियमावली तिन कार्यविधि र दुई निर्देशिका पारित गर्दै त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको दशौ हिउँदे नगरसभा तथा अर्धवार्षिक समिक्षात्मक अधिबेशन सम्पन्न भएको छ ।
“आय आर्जन मार्फत आर्थिक सामाजिक विकासको लागि गुणस्तरीय पूर्वाधार पर्यटन प्रवर्दन सुशासन सहित समृद्घ नगर निर्माणको आधार” भन्ने नाराका साथ दशौ हिउँदे नगरसभा नगरकेन्द्र त्रिपुराकोटमा सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०८०।०८१ को पौष मसान्त सम्मको छ महिने समिक्षात्मक अधिबेशनको रुपमा लिइएको दशौ हिउँदे नगरसभाले विधेक अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिकाको आधारभूत तथा माध्यामिक शिक्षा सम्बन्धि विधेक २०८०,प्रशासकीय कार्यविधि(नियमित)गर्ने विधेक २०८०,स्वास्थ्य तथा सरसफाई विधेक २०८० कृषि ब्यवसाय प्रवर्दन विधेयक २०८० सार्वजनिक लिखित प्रमाणिकरण र प्रकासन विधेक २०८० करार कर्मचारी ब्यवस्थापन सम्बन्धि विधेयक २०८० र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि बनेको विधेयक पारित गरेको छ ।

त्यस्तै गरी सार्वजनिक खरिद नियमावली र नगर प्रहरी नियमावली २०८० पारित गरेको छ । कार्यविधि अन्तर्गत आन्तरिक नियन्त्रण प्रर्णाली कार्यविधि २०८० मेलमिलाप केन्द्र सन्चालन र जगा प्राप्ती कार्यविधि २०८० र निर्देशिका अन्तर्गत घरबहाल कर निर्देशिका २०८० र पदाधिकारी तथा कर्मचारीको सेवासुविधा सम्बन्धि बनेको निर्देशिका २०८० पारित भएका छन । आर्थिक वर्ष ०८०।०८१ को पौष मसान्त सम्मको आय र ब्यायको विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत जगदिशचन्द्र नेपालीले बार्षिक अनुमानित बाउन्न करोड उनन्तिस लाख नब्बे हजार विनियोजन भएकोमा पौष महिना सम्मको ६ महिना भित्र कुल खर्च पन्ध्र करोड पचहत्तर लाख उन्नाईस हजार तीनसय जम्मा खर्च प्रतिशत तिस दशमलब एक एक प्रतिशत मात्र भएको उल्लेख गरे ।

चालु खर्चतर्फ अनुमानित रकम छत्तिस करोड बयालिस लाख बिस हजार विनियोजन भएकोमा चौध करोड छ लाख त्रियानब्बे हजार खर्चप्रतिशत रकम तर्फ अठ्तिस दशमलब दुई प्रतिशत मात्र खर्च भएको जानकारी गरिएको छ । त्यस्तै गरी पूजिगत तर्फ पन्ध्र करोड सतासी लाख उनन्साठी हजार विनियिोजन भएकोमा एक करोड अठसठ्ठी लाख छब्बिस हजार चालिस मात्र खर्च भई जम्मा दश मलब पाँच नौ प्रतिशत मात्र खर्च भएको विवरण प्रमुख प्रशाकीय नेपालीले सार्वजनिक गरे । नगरपालिकाको आन्तरिक आय अनुमानित एक करोड चौरासी लाख उठाउने लक्ष्य लिएकोमा छ महिनाको अवधिमा जम्मा चार लाख छयासी हजार मात्र उठाउन सफल भएको उल्लेख गर्दै अनुमानित आन्तरिक आयको दुई दशमलब चौषठ्ठी प्रतिशत मात्र भएको र यहि अनुपात रहे आन्तरिक आय अत्यन्तै न्यून मात्र राजश्व संकलन हुने देखिएको नगर प्रमुख प्रशासकीय नेपालीको भनाई थियो ।

नगरप्रमुख जनचन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न भएको दशौ हिउँदे नगरसभामा जनतासंग मेयर कार्यक्रम अन्तर्गत नगर क्षेत्रका दुई सय दश जेष्ठ महिला तथा एक सय पैतालिस जेष्ठ नागरिक (पुरुष) गरेर तिन सय पचपन्न जना जेष्ठ नागरिकलाई चार लाख मुल्य बराबरको ब्लाङकेट र ज्याकेटहरु कार्यक्रममा बितरण गरि वृद्ध महिला पुरुषलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा निवर्तमान कर्णाली प्रदेश सांसद बदमीक्वारी बुढा, प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल, पुर्व नगर उप-प्रमुख चन्द्रकुमारी बुढा ,नगर उपप्रमुख देवि घर्ति ,११ वटै वडाका वडाअध्यक्ष ,प्रहरी नायवउपरिक्षक शिब बुढाथोकी ,राष्ट्रिय अनुसन्धान अधिकृत मेघराज कडेल, शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जका वार्डेन विश्वबावु श्रेष्ठ सहित विभिन्न राजनीतिकदलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?