२०८१ बैशाख १४ गते शुक्रवार

डाेल्पामा दुई एमालेका गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश



डाेल्पा ५ बैशाख
हिमाली जिल्ला डाेल्पामा दुई गाउँपालिकाका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेकाछन् ।
साेमबार साझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र एमालेका जिल्ला कमिटी सदस्य रहेका छार्काताङ्साेङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेकाे बताएकाहुन् ।
अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जितेपनि पछि एमालेमा समाहित भएका थिए ।
संविधान,लाेकतन्त्र ,गणतन्त्र संस्थागत गर्न माधव नेपालले सहि कदम चालेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।
याे सबै खेल पुर्व राज्यमन्त्री धनबहादुर बुढाकाे सिमित स्वार्थ पुर्तिकालागि पार्टी अध्यक्ष माधव नेपाललाई रिझाउने एउटा सानाे खेल भएको टिप्पणी गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?