२०८१ बैशाख ३१ गते सोमवार

बन्द भएको ५३ दिन पछि डोल्पाको जुफाल बिमानस्थल सञ्चालनमा



पुर्ण कुमार/ नेपालब्रेक 

डोल्पा, ९ वैशाख 

हिमाली जिल्ला डोल्पाको जुफाल बिमानस्थल बन्द भएको ५३ दिन पछि सञ्चालनमा आएको छ । 

धावनमार्ग मर्मतको लागि  बन्द गरिएको बिमानस्थल  ५३ दिनपछि सञ्चालनमा आएकाे हाे ।

आईतबार बिहान नेपालगन्जबाट तारा एयरको विमान जुफाल विमानस्थलमा अवतरण भएसँगै बिमानस्थल सञ्चालनमा आएको हो । आजिवन तामाङ मरिन जेभी धादिङले  मूल्य अभिवृद्धि करसहित छ करोडमा धावन मार्ग निर्माणको जिम्मा लिएको थियाे।

बिमानस्थलको धावन मार्ग कतै उठेको कतै बसेको र केही ठाउँमा चिरा परेर भासिएपछि १८५ मिटर स्तरोन्नति गरिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण एराेड्रम ईन्जिनियरिङ विभाग डाेल्पा जुफाल बिमानस्थल आयाेजनाले निर्माण कार्य सुरु गरेको ४५ दिन गएकाे चैत २९ गते विमानस्थलकाे धावनमार्ग मर्मत(सुधार) कार्य सम्पन्न गरेर उडान संचालन याेग्य भएकाे जानकारी नागरिक उड्डयन कार्यालय  जुफाललाई गएकाे चैत ३० गते नै पत्र मार्फत गराएकाे  थियाे ।

नयाँ बर्षकै दिनमा विमानस्थल सुचारु गरिने बताइए पनि नेपालगन्जमा निजि एयरलाइन्सका जहाज नभएकाले उडान हुन सकेकाे थिएन ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?