२०८१ जेष्ठ ६ गते आइतवार

डोल्पामा धुमधामका साथ मनाइयो ४५ औं शिक्षक दिवस! (तस्बिरहरु हेर्नुहोस्) 



पुर्ण सार्की/ नेपालब्रेक 

डोल्पा, चैत्र २९ 

नेपाल राष्ट्रिय शिक्षक संगठन डोल्पाले   ४५ औं शिक्षक दिवस डोल्पामा धुमधामका मनाएको छ । 

बिहीबार त्रिपुरासुन्दरी नगरपालिकको सभाहलमा ‘सम्पुर्ण शिक्षकहरु एक हौ ‘ “गौरवशाली विगत, चुनौतीपूर्ण वर्तमान, लगानी बृद्धि गरी सार्वजनिक शिक्षाको उन्नयन, राष्ट्रिय शिक्षा ऐन र सबै तहमा सशक्त संगठन’ भन्ने मूल नाराका साथ मनाइएको ४५  औं स्थापना दिवस एवं नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको शैक्षिक अवस्था सुधारका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध शिक्षकहरुले ध्यान दिनुपर्ने बताएका थिए । उनीहरुले शिक्षकहरु एकताबद्ध हुनुपर्ने र आगामी शैक्षिक सत्रमा पेशागत मर्यादाका लागि दृढ भावनाका साथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति तुल बहादुर विष्टको अध्यक्षता,   त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायाको प्रमुख आतिथ्यता तथा नगर उप प्रमुख देवी घर्तीको, नेकपा एमालेका पर्यटन विभागका केन्द्रीय सदस्य लंक बहादुर शाही विशिष्ट आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो।  

कार्यक्रममा डोल्पामा हालै नयाँ प्रवेश शिक्षकहरुलाई खादा र अविर लगाएर स्वागत तथा सम्मान समेत गरिएको थियो । त्यस्तै शिक्षक पेशा देखि सेवा निवृत्त भएका शिक्षकहरु लाई सम्मान गरिएको थियो । 

कार्यक्रमको सुरुमा शिक्षकहरु ले विभिन्न आफ्ना माग सहितका प्ले कार्ड सहित त्रिपुराकोट बगर बजार परिसरमा र्याली निकालेका थिए ।

कार्यक्रममा नगर प्रमुख रोकाया, नगर उपप्रमुख देवी घर्ती, नेकपा एमालेका पर्यटन विभागमा केन्द्रीय सदस्य शाही , पेशागत शिक्षक महासंघ डोल्पा शाखाका अध्यक्ष बालकृष्ण डाँगी , नेकपा एमाले जिल्ला पार्टी सचिव लंक बहादुर रोकाया, सहित संघठनमा आबद्ध शिक्षक शिक्षिका हरुको बाक्लो उपस्थित रहेको थियो । 

   तस्बिर: पुर्ण सार्की/ नेपालब्रेक

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?