२०८१ बैशाख ३१ गते सोमवार

हिमज्योती आविलाई डिजिटल प्रबिधि मैत्री विद्यालय बनाउन काठमाण्डौं युरेका लियो क्लव द्वारा सहयोग



पुर्ण कुमार/ नेपालब्रेक

वैशाख १०, डोल्पा

हिमाली जिल्ला डोल्पामा काठमाण्डौ युरेका क्लबले गुणस्तर शिक्षा प्रदानका डिजिटल प्रबिधि मैत्री विद्यालय बनाउन प्रोजेक्ट सञ्चालन गरेको छ ।

डोल्पा जिल्ला मै पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिका वडा ०१ सार्कीटोल स्थित हिमज्योती आधारभुत विद्यालयलाई डिजिटल प्रबिधि मैत्री बनाउन काठमाण्डौ युरेका लियो क्लबले करिब तीनलाख लागतमा सुचना प्रबिधि मैत्री डिजिटल सामग्री सहित प्रोजेक्ट सञ्चालन गरेको क्लबका अध्यक्ष सृजन अर्यालले जानकारी दिए ।

उनका अनुसार विद्यालय अब पुर्ण रूपमा डिजिटल प्रबिधि मैत्री बनेको छ ।

काठमाडौं युरेकालियो क्लवले विद्यालयलाई डिजिटल प्रबिधि मैत्री बनाउन १ सेट ४३ इन्चको टेलिभिजन, २ सेट सीपीयु , किबोर्ड ४ सेट, माउस २ सेट, २ मोनिटर , एउटा प्रिन्टर, २ बण्डल पेपर, युपीएस १ थान गरी करिब ३ लाख बराबरको सामान सहयोग गरिएको क्लबका अध्यक्ष अर्यालले बताए।

त्यस्तै विद्यालयलाई चाहिने आवश्यक सफ्टवेयर समेत प्रदान गरिएको छ ।

आज सोमबार नै त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले हिमज्योती आधारभुत विद्यालयलाई डिजिटल मैत्री विद्यालयको रुपमा उद्दघाटन समेत गरेका छन् ।

आज विद्यालयमा एक औपचारिक कार्यक्रम गर्दै विद्यालयलाई डिजिटल प्रबिधि मैत्री विद्यालयको रूपमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रोकाया द्वारा उद्दघाटन गरिएको हो।

उद्दघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रोकायले दलित, पिछडिएका वर्गको बस्तीमा भएको विद्यालयलाई यति ठूलो सहयोग गरी डिजिटल मैत्री बनाइदिनु भएकोमा काठमाण्डौं युरेका लियो क्लब लाई धन्यबाद व्यक्त गरे।

उनले भने ” यति ठूलो सहयोगको लागी क्लवलाई धेरै धेरै धन्यवाद ,त्रिपुरासुन्दरी नगरपालिका भित्रका २९ वटै सामुदायिक विद्यालयमा नै यो प्रोजेक्ट लागु गरी सहयोग गरिदिनु हुन आग्रह गर्दछु , यसको लागि नगरपालिकाले सक्दो समन्वय गर्ने छ ” ।

त्यस्तै कार्यक्रममा बोल्दै त्रिपुरासुन्दरी नगरपालिका वडा नं ०१ का अध्यक्ष रामचन्द्र कुलालले हिमाली जिल्ला त्यसै माथि दुर्गम जिल्लामा अवस्थित यस विद्यालयलाई डिजिटल प्रविधि मैत्री बनाउनका लागि काठमाण्डौ देखि आएर यति ठुलो सहयोग गर्नु भएकोमा सहयोगी संस्था र क्लबका पदाधिकारीहरुलाई धन्यबाद व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम् कार्यक्रमका सभाध्यक्ष बम बहादुर सार्कीले आफ्नो विद्यालयमा यति राम्रो प्रोजेक्ट सञ्चालनमा महत्वपुर्ण भुमिका खेल्ने त्रिपुराकोट निवासी लक्ष्मी प्रसाद देवकोटालाई विशेष धन्यबाद व्यक्त गरे । देवकोटा सगै काठमाडौं युरेका लियो क्लबका अध्यक्ष अर्याल , क्लबका पूर्व अधक्ष्य युवराज पराजुली, क्लबका उपाध्यक्ष र क्लबकी क्रियाशील सदस्य कुसुम पौडेललाई विद्यालयको तर्फ बाट धन्यबाद समेत दिएका थिए ।

कार्यक्रमलाई समापन गर्दै बिव्यसअध्यक्ष एबम् कार्यक्रमका सभाध्यक्ष सार्कीले आगामी दिनमा यो प्रोजेक्टले विद्यालयमा अध्ययनरत बालबालिकाको उज्जल भविष्य बनाउनको लागि महत्वपूर्ण योगदान दिने समेत बताएका छन्।

विद्यालयका प्रधानाध्यपक मनबहादुर सार्की द्वारा सञ्चालन गरिएको विद्यालयलाई डिजिटल मैत्री विद्यालय उद्दघाटनको औपचारिक कार्यक्रममा आगन्तुक पाहुनाहरुलाई हिमज्योति आधारभुत विद्यालयका विद्यार्थीहरु द्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।कार्यक्रममा आएका सहयोगी पाहुना तथा अतिथि गणहरुलाई विद्यालयका अभिभावकले स्वागत तथा सम्मान समेत गरेका थिए।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?