२०८१ बैशाख ३१ गते सोमवार

डोल्पामा डढेलो निभाउने क्रममा घाइते जम्दार र सिपाहीको काठमाण्डौमा मृत्यु! NepalBreak



पुर्ण सार्की/ नेपाल ब्रेक

चैत्र २७, डोल्पा।

डोल्पाको मष्टा भवानी सामुदायिक वनमा भएको आगलागि निभाउने क्रममा घाइते भएका देविदत्त गुल्मका जम्दार र सिपाहीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देविदत्त गुल्ममा कार्यरत काभ्रेका ३८ वर्षीय जम्दार केशव बहादुर दर्जा मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको उपचारको क्रममा आज दिउँसो काठमाडौको कृतिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख तुलसी प्रसाद दाहाल बताए।

आईतबार भएको आगलागि निभाउने क्रममा सोमबार बिहान घाइते भएका चार जना मध्य सोमबार साँझ नेपाली सेनाको हेलीकप्टर मार्फत आशिष बुढा र विजय कोइरालालाई नेपालगञ्ज स्थित भेरी हस्पिटल पठाइएको थियो । त्यता पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि घाइतेहरुलाई काठमाडौ पठाइएको थियो ।

उपचारको क्रममा सिपाही बुढाको आज बिहान र जम्दार मगरको आज दिउँसो अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसअघि सोमबार साँझ जिल्ला अस्पताल डोल्पामा जुम्ला जिल्ला तातोपानी गाउँपालिका ४ स्थायी घर भई देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको पनि मृत्यु भएको थियो ।

मृत्यु रावतको शव आज दिउँसो नेपाली सेनाको हेली मार्फत उनको गृह जिल्ला जुम्ला पठाइएको छ । आगोमा जलेर गम्भीर घाइते भएका प्यूठ विजय कोइरालाको भने कृतीपुर अस्पतालमा उपचार भइरहेको छ ।

आईतबार लागेको आगो सोमबार पुन सल्किएपछि देविदत्त गुल्म भदालेमा कार्यरत नेपाली सेनाका १६ जनाको टीम सोमबार बिहान आगो निभाउन गएको थियो । आगो निभाउने क्रममा घाइते बाँकी १२ जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?