२०८० फाल्गुन ११ गते शुक्रवार

डाेल्पाकाे त्रिपुरासुन्दरीमा धार्मिक तथा पर्यटन महाेत्सव लगाइने




रामचन्द्र न्याैपाने,
डाेल्पा ८ कार्तिक :
हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा धार्मिक तथा पर्यटन महाेत्सव लगाइने भएको छ ।
नगरपालिकाकाे आयाेजनामा हुन लागेकाे महाेत्सव तथा तेस्राे मेयर कप कार्तिक १२ देखि २२ गतेसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
आइतबार मुल समाराेह समितिले त्रिपुराकाेट बजारमा रहेकाे सुप्रभा गेष्ट हाउसमा गरेकाे पत्रकार सम्मेलन मार्फत महाेत्सवका बारेमा जानकारी गराइएको हाे ।
महाेत्सवकाे मुल उदेश्य प्रशिद्व शक्तिपिठ वाला त्रिपुरासुन्दरी मन्दिरको प्रचारप्रसार,पर्यटन प्रवद्वन,स्थानीय कला सँस्कृतिकाे संरक्षण तथा प्रचारप्रसार रहेकाे मुल समाराेह समितिका संयाेजक रन्जित बुढाले बताए ।
त्यसैगरी स्थानीय उत्पादनकाे बजारीकरण,व्यापार व्यवसाय प्रवर्द्धन लगायतको उदेश्य राखिएको उनकाे भनाइ छ ।
नगरपालिकाले महाेत्वकालागि बीस लाख बजेट अनुमान गरेपनि लागत अनुमान अझै थपहुन सक्ने समाराेह समितिका सदस्य सचिव हिराचन्द्र धरालाले बताए ।
महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले बेजाेड प्रस्तुति दिने धरालाकाे भनाइ छ ।
त्यतिमात्र नभई महाेत्सवमा तीन लाख राशीकाे खुल्ला भलिबल प्रतियोगिता पनि गराइने पत्रकार सम्मेल मार्फत जानकारी गराइएको छ ।
डाेल्पामा विस २०६५ साल यता दाेस्राे पटक बृहत धार्मिक,साँस्कृतिक तथा पर्यटन महाेत्वहुन लागेकाे हाे भने स्थानीय तहकाे आयाेजनामा हुन लागेकाे पहिलो महाेत्सव पनि हाे ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?