
खाना नबनाएको विषयमा झगडा हुँदा बन्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
पर्वत जलजला गाँउपालिका वडा नं. ७ धाईरिङ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नंम्वर ३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय स्थित गम बहादुर पुनले आफ्नी ४२ वर्षीया श्रीमती हरिमाया पुनको हत्या गरेका कास्की प्रहरीले शुक्रबार साँझ पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
कार्यालयका सुचना अधिकार सुवास हमालका अनुसार बिहीवार राती अन्दाजी ८ बजेको समयमा खाना नबनाएको विषयमा उनीहरुबीच झगडा भएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए । त्यसपछि बन्चरो प्रहार गरी पुनले आफ्नी श्रीमतीको हत्या गरेका हुन् ।
प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार