२०८० असोज ९ गते मङ्गलवार

चोरी शिकारी शुन्य बनाउन आक्रामक बन्दै निकुञ्ज,३३ थान भरुवा बन्दुक सहित ८ जना पक्राउ



रामचन्द्र न्यौपाने
डोल्पा १२ माघ(रासस)
डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज चोरी शिकारी नियन्त्रणमा आक्रामक भएर लागेको छ ।
निकुञ्ज क्षेत्रमा पर्ने जिल्लाका विकट गाउँबस्तीमाहरुमा पुस्तौदेखि मौलाईरहेको चोरी शिकारी रोक्न अभियाननै चलायर लागेको हो ।
सोमबार मात्रै निकुञ्ज क्षेत्रबाट ३३ थान भरुवा बन्दुक र दुई नालसहित ८ जनालाई पक्राउ गरेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो ।
मध्यवर्ति क्षेत्रमा पर्ने जगदुल्ला गाँउपालिकाको काईगाँउ,हुरिकोट, माझगाँउ, झयाकोट,तथाछाँचुबाट हात हतियार सहित पक्राउ गरिएको पौडेलको भनाई छ ।
पक्राउ गरिएका सबैलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको बताईएको छ ।
वन्यजन्तुको चोरी सिकार गर्ने शिकारीहरुले अबैध रुपमा लुकाएर राखेका भरुवा बन्दुक निकुञ्जलाई बुझाउन स्थानीय र जनप्रतिनिधिले ठूलो सहयोगमा बरामत गरिएको निकुञ्जले जनाएको छ ।
यस अगाडि निकुञ्जले ३७ थान भरुवा बन्दुक,एक कटुवा पेस्तोल,१० वटा ईन्सास राइफलको गोली बरामद गरेको थियो। हालसम्म निकुञ्जले विभिन्न मितिमा ७० वटा भरुवा बन्दुक बरामद गरी सकेको छ ।रामचन्द्र न्यौपाने

 

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?