२०८० जेष्ठ १९ गते शुक्रवार

उच्च सतर्कता नअपनाउँदा डाेल्पामा समुदायस्तरमा फैलियाे काेराेना,दुई कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार



रामचन्द्र न्यौपाने
डोल्पा १७ पुष
हिमाली जिल्ला डोल्पाबाट दुई जना कोरोना संक्रमित बिरामिको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
ठुलिभेरी नगरपालिकाका ६० बर्षिय एक वडा अध्यक्ष र सदरमुकाम दुनै स्थित सरस्वती माध्यामिक बिद्यालयमा कार्यरत ५४ बर्षिय शिक्षकको कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
दुबै जना संक्रमितको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट उद्धार गरि काठमाण्डौ लगिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालले बताए ।
केही दिन अघिमात्र कोरोना रिपोर्ट पोजेटिभ आएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य भएपनि बिहिवार देखि दुबै जनाको अवस्था थप जटिल बनेको प्रजिअ ढकालको भनाई छ ।
जिल्लामा निशेषाज्ञा गर्ने,बिद्यालय बन्द गर्ने लगायतका बिषयमा छलफल भैरहेका प्रशासनको भनाई छ ।
सदरमुकाम दुनैमा कोरोना संक्रमणदर दिनप्रतिदिन फैलिरहे पनि जिल्ला प्रशासन कार्यालयले मौन बसेको स्थानीय ओमबहादुर डाँगीले बताए ।
जिल्लामा कोरोना संक्रमण दर बडिरहँदा नाका बन्द गर्ने,सदरमुकाम शिल गर्ने लगायतका कुनैपनि किसिमको कदम प्रशासनले नउठाएको डाँगीको भनाई छ ।
सुरुमा जिल्ला प्रशासन कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र त्यसपछि अन्य व्यक्तिमा फैलिएको बताइएको छ ।
जिल्ला बाहिरबाट भित्रदा सुरक्षाकर्मीले सर्वसाधारण व्यक्तिलाई मात्रै निगरानी राख्ने र ठुलाबडालाई कुनै चेकजाँच रिपोर्ट नहेरै छोड्ने परिपाटीले डोल्पामा संक्रमण फैलिएको सरोकारवालाहरुको भनाई छ ।
हालसम्म डोल्पामा नौ जना कोरोना संक्रमित रहेकाछन् ।
उद्धार गरिएका दुबै जनालाई उनिहरुकै खर्चमा साडे छ लाखमा हेलिकप्टर चार्टर गरि पठाईएको बताईएको छ ।

 

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?