२०८१ जेष्ठ ६ गते आइतवार

बिल्बाओ कोपा डेल रेको सेमिफाइनलमा



एजेन्सी । एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै बिल्बाओ अन्तिम चारमा पुगेको हो ।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा बिल्बाओका राहुल ग्रासिया,इनाकी विलियम्स,जोन मोर्सिलो र युरी बेर्चिचीले गोल गरे ।

बेटिसका आइस माण्डीले गोल गरे । सर्जियो कानालेस र जानमीले गोल गर्न सकेनन् । पेनाल्टी अघि जानमीले ८४ औं मिनेटमा गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा ग्रासियाले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?