२०८१ जेष्ठ २ गते बुधवार

फाइनलमा फुल्चिङ युथ एसोसिएसनलाई हराउँदै त्रिपुरासुन्दरी ११ ले जित्यो मेयरकपकाे उपाधि



पुर्ण कुमार/ नेपालब्रेक
कार्तिक २२, डोल्पा

डोल्पामा जारी तेश्रो त्रिपुरासुन्दरी मेयरकप खुल्ला भलिबल प्रतियोगिताकाे उपाधि त्रिपुरासुन्दरी ११ ले जितेको छ।

बुधबार नगरपालिका केन्द्र त्रिपुराकोट बगरमा भएको फाइनल खेलमा फुल्चिङ युथ एसोसियसनलाई हराउदै त्रिपुरासुन्दरी ११ ले उपाधि हात पार्न सफल भएको हो ।

मंगलबार भएको सेमी फाइनल खेलमा फुल्चिङ युथ एसोसियसनले ठुलीभेरि गेष्ठ हाउस नलगाड जाजरकाेटलाइ हराउँदै फाईनलमा पुगेको थियो ।

त्यस्तै ठुलीभेरि नगरपालिका माझफालकाे यार्सा स्पोर्ट क्लब लाई हराउँदै त्रिपुरासुन्दरी ११ मेयरकपकाे फाइनलमा पुगेको थियो ।

सेमीफाइनल खेलमा राम्रो प्रदर्शन गरेको फुल्चिङ युथ एसोसिएसनले फाइनलमा भने खासै राम्रो प्रदर्शन गर्न सकेन ।

कार्तिक १५ गते देखि जारी तेश्रो त्रिपुरासुन्दरी मेयरकप खुल्ला भलिबल प्रतियोगिताकाे प्रथम स्थानको लागि फाइनलमा राष्ट्रिय स्तरका भलिबल खेलाडी द्वारा भरिपुर्ण त्रिपुरासुन्दरी ११ काे टीम र कर्णाली प्रदेश स्तरीय खेलाडी द्वारा भरिपुर्ण फुल्चिङ युथ एसोसिएसनले खेलका थिए ।

हजारौ दर्शक माझ भएको यो खेल निकै रोमाञ्चक देखिएको थियो । त्रिपुरासुन्दरी ११ मेयर कपको विजेता भएसगै ट्रोफी सहित नगद रु. तीन लाख लगेको छ ।

त्यस्तै फाइनलमा त्रिपुरासुन्दरी ११ देखि हारेर उप-विजेता बनेको फुल्चिङ युथ एसोसियसनले ट्रोफी सहित नगद रू. दुई लाख लगेको छ ।

त्यस्तै तृतीय स्थानको आज नै हुने भनेको खेलमा ठुलीभेरि गेस्ट हाउस नलगाड जाजरकाेट र यार्सा स्पोर्ट माझफाल विचकाे खेलमा ठुलीभेरि गेस्ट हाउस नलगाड जाजरकाेटले खेल नै बहिस्कार गरेपछि आयोजक टिमले यार्सा स्पोर्ट क्लबलाई तृतीय भएको घोषणा गरेको छ । तृतीय भएँ सगै यार्सा स्पोर्टले ट्रोफी सहित नगद रु. एक लाख लगेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?