२०८० चैत्र १५ गते बिहिवार

८७ वटा पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा हालेको अभियोगमा अभिनेत्री पक्राउ



मुम्बइ । बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बइ क्राइम ब्रान्चको प्रोपर्टी सेलले गिरफ्तार गरेको छ । उनीमाथि पोर्न भिडियो बनाएर आफ्नै वेबसाइटमा अपलोड गरेको आरोप छ ।

आज उनलाई अदालतमा उपस्थित गराइँदैछ । तीन जनाले आफूहरुमाथि पोर्न भिडियो बनाउन दबाब दिइएको भन्दै उजुरी दिएपछि यो कारवाही गरिएको हो । एक समाचार पोर्टलसँग कुरा गर्दै मुम्बइ पुलिसका एक बरिष्ठ अधिकारीले गहनाले ८७ वटा पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा अपलोड गरेको बताएका छन् ।

यी भिडियो हेर्न सब्सक्राइब गर्नुपर्छ जसवापत २ हजार रुपैयाँ तिर्नुपर्छ । ३२ वर्षकी गहनाको वास्तविक नाम वन्दरा तिवारी हो । उनले भोपालबाट रोबोटिक साइन्समा इन्जिनियरिङ गरेकी छिन् ।

गहना स्टार प्लसको शो बहनों मा मुख्य भूमिकामा देखिएकी थिइन् । २०१२ मा गहनाले मिस एसिया बिकिनी कन्टेस्ट जितेकी थिइन् । यसका अलावा विगत ६ वर्षमा उनले दक्षिण भारतका ३० भन्दा धेरै फिल्ममा काम गरिसकेकी छिन् । गहनाले अल्ट बालाजीको वेब सिरिज गंदी बात तथा उल्लुका वेब सिरिजमा काम गरेकी छिन् ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?