२०८१ जेष्ठ २ गते बुधवार

त्रिपुरासुन्दरी तेश्रो मेयर कप खुल्ला भलिबल : त्रिपुरासुन्दरी ११ र फुल्चिङ युथ फाइनलमा



पुर्ण कुमार/ नेपाल ब्रेक

कार्तिक २१, डोल्पा

हिमाली जिल्ला डोल्पामा जारी तेश्रो त्रिपुरासुन्दरी मेयर कप खुल्ला भलिबल प्रतियोगिताकाे फाइनलमा त्रिपुरासुन्दरी ११ र फुल्चिङ युथ एसोसियसन पुगेका छन् ।

मंगलबार भएको सेमी फाइनल खेलमा फुल्चिङ युथ एसोसियसनले ठुलीभेरि गेष्ठ हाउस नलगाड लाइ हराउँदै फाईनलमा पुगेको हो ।

वेस्ट अफ फाइभकाे नियममा भएकों खेलमा ३ सेट एफ.वाई.ए ले र २ खेल नलगाडले जितेको थियो ।

त्यस्तै आजनै भएको अर्को खेलमा ठुलीभेरीको यार्सा युथ क्लवलाई सोझो सेटमा हराउँदै त्रिपुरासुन्दरी ११ काे टीम फाइनलमा पुगेको छ ।

कार्तिक १५ गते देखि जारी तेश्रो त्रिपुरासुन्दरी मेयरकप खुल्ला भलिवल प्रतियोगिताकाे फाइनलको खेल भने भोली हुनेछ ।

प्रथम स्थानको लागि फाइनलमा राष्ट्रिय स्तरका गण्डगी प्रदेशका भलिबल खेलाडी द्वारा भरिपुर्ण त्रिपुरासुन्दरी ११ काे टीम र कर्णाली प्रदेश स्तरीय खेलाडी द्वारा भरिपुर्ण फुल्चिङ युथ एसोसिएसन काे खेल हुनेछ ।

यो खेल निकै रोमाञ्चक हुने देखिन्छ ।

यो खेलको विजेताले ट्रोफी सहित नगद रु. तीन लाख लग्ने छ भने उप-विजेताले ट्रोफी सहित नगद रू. दुई लाख लग्ने छ ।

त्यस्तै भोलीनै हुने तेश्रो स्थानका लागि यार्सा युथ क्लव र ठुली भेरि गेष्ट हाउसकाे खेल हुनेछ । यो खेलमा विजेता हुने टिम तेश्रो हुनेछ भने उप- विजेता चौथो हुनेछ । यो खेलको विजेताले ट्रोफी सहित नगद रु. एक लाख हात पार्ने छ ।

फोटो फिचर: पूर्ण कुमार

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?