२०८० असोज ९ गते मङ्गलवार

त्रिपुरासुन्दरीमा दाेस्राे मेयर कप तथा प्रजातन्त्र दिवस भव्य रुपमा सम्पन्न!



पूर्ण सार्की

डाेल्पा ७ फागुन

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाले दाेस्राे मेयर कप तथा त्रिहत्तराै प्रजातन्त्र दिवस भव्य रुपमा मनाएको छ ।

नगरपालिकाकाे केन्द्र बगर बजारमा आयाेजित दुइवटै कार्यक्रमहरु आइतबार विभिन्न कार्यक्रमका साथ भव्य रुपमा मनाइएको हाे ।

एकसाता देखि नगरपालिकाले आयाेजना गरेकाे दाेस्राे मेयर कप तथा जिल्ला स्तरीय खुला भलिवल प्रतियोगिताकाे उपाधि वडा नं ५ ल्हाँका युवाहरुले जितेकाछन ।

खेल जितेसँगै एक लाख पन्ध्र हजार नगत,कप,मेडल र प्रमाणपत्र पाएकाछन ।

त्यसैगरि द्वितीयस्थान हाँसिल गरेका वडा नं छ फुल्चिङका युवाहरुले ६१ हजार नगत सहित,कप,मेडल र प्रमाणपत्र पाएकाछन् ।

तृतीय स्थान हाँसिल गरेका वडा नं २ का युवाहरुले ४१ हजार नगत सहित कप,मेडल र प्रमाणपत्र जितेकाछन् ।

त्यसैगरि उत्कृष्ट खेलाडीकाे उपाधि दशरथ पहाडीले जितेकाछन् ।

त्यसैगरि उत्कृष्ट स्पाईकर भिम चलाउने र अनुशासित खेलाडीकाे रुपमा दमन थापा छनाेट भएकाछन् ।

प्रतिस्पर्धामा सहभागी टिम मध्ये कान्छाे खेलाडी तथा स्पाइकरकाे रुपमा इन्द्ररुप डसाललाई छनाेट गरिएको छ ।

विभिन्न स्थान हाँसिल गर्ने खेलाडीहरुलाई जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरु पुरस्कार हस्तान्तरण गरेका थिए ।

त्यसैगरि प्रजातन्त्र दिवसका अवसरमा स्थानीय कलाकारहरुले स्थानीय कला,संस्कृति झल्काउने नृत्य, देउडा, मागल, चुड्किला,नाटक प्रस्तुत गरेका थिए ।

समापन कार्यक्रममा बाेल्दै नगर प्रमुख जनचन्द्र राेकायले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र दिवसका अवसरमा उत्कृष्ट कला संस्कृति प्रदर्शन गर्ने स्थानीय कलाकरहरुलाई धन्यवाद दिएकाछन् ।

राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तथा आफ्नाे प्राचीन कला संस्कृति संरक्षण गर्ने व्यक्तिहरुलाइ नगरपालिकाले जुनसुकै सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा नगरउपप्रमुख देबी घर्ती,पुर्व उपप्रमुख चन्द्राकुमारी बुढा,निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धराला,वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु,राजनितीक दलका प्रतिनिधि तथा सर्वसाधारणकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।

नगरपालिका लगायतकाे सबैकाे सहयोगबाट दुईवटै कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सफल भएको खेलकुद शाखाका कर्मचारी टिकादत्त न्याैपानेले जानकारी दिए ।

जिल्लास्तरीय मेयरकपकालागि नगरपालिकाले बाह्र लाख बजेट छुट्याइएको थियाे ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?