२०८१ जेष्ठ २ गते बुधवार

वाला त्रिपुरासुन्दरी सांस्कृतिक महोत्सव २०८० काे उद्दघाटन समारोह भव्य रुपमा सम्पन्न



पुर्ण कुमार/ नेपालब्रेक

कार्तिक १५, डोल्पा

हिमाली जिल्ला डोल्पाको त्रिपुराकोटमा वाला त्रिपुरासुन्दरी सांस्कृतिक महोत्सव २०८० काे भव्यरूपमा उद्दघाटन समारोह समापन गरिएको छ ।

डोल्पाकै नमूना स्थानीय तह त्रिपुरासुन्दरी नगरपालिकाको मुख्य आयोजना रहेको वाला त्रिपुरासुन्दरी साँस्कृतिक महोत्सव २०८० तथा तेस्रो मेयरकप खुल्ला भलिबल तथा ब्याटमिन्टन प्रतियोगिताको पहिलो दिन बुधबार नगर प्रमुख जनचन्द्र रोकायाको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकायाको प्रमुख आतिथ्यमा उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरिएको हो ।

राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवमा जिल्ला भरका थुप्रै स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्तिक १५ देखि २४ गते सम्म चल्ने साँस्कृतिक महोत्सवमा शान्ति श्री परियार , पुष्कल शर्मा , समीक्षा अधिकारी , भागीरथ चलाऊने , प्रकाश कँडेल , वसन्त उदास, लक्ष्मण देवकोटा , रमिता गुरुङ , शान्ताराम सेञ्चुरी लगायतका कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने सांस्कृतिक महोत्सवका संयोजक रञ्जित बूढाले जानकारि दिए ।

महोत्सवको उदघाटन शत्रमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख रोकाय , प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेल , नगर प्रमुख जनचन्द्र रोकाय , विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि , जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुख , सञ्चारकर्मी लगायत स्थानियको बाक्लो उपस्थिति रहेको थियो।

ढिलो गरी सुरु भएको महोत्सवमा बिहीबार देखि भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथै खुल्ला भलिबल प्रतियोगिताका खेल हरुसमेत संचालन हुने छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?