२०८१ बैशाख १४ गते शुक्रवार

चार वर्षीय वालिका स्कुलमै बलात्कृत, रिपोर्टबारे बुझ्दा छिन्चु प्रहरीको धम्की (भिडियाे)



सुर्खेत । सुर्खेतमा चार वर्षीय बालिका वलात्कृत भएकी छन् । भेरीगंगा नगरपालिका मुरुली खोलाकी चार वर्षीय बालिका स्कुल पढ्न गएको बेला वलात्कृत भएको परिवारले जानकारी दिएका छन् ।

गाउँमै रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत बालिकालाई सोही गाउँका ११ वर्षीय बालकले बलात्कार गरेको बालिकाका बुवा धिरज ओलीले बताएका छन् ।

घटना फागुन १६ गतेको हो, छोरी स्कुल गएकी थिइन्, हाफ टाइमको बेला मुख बुझेर बलात्कर गरेछ,’ ओलीले भने, ‘साँझ विद्यालय छुट्टी भएपछि रुदै आएपछि सोधपुछ गर्दा बलात्कार बारे आमालाई बताएपछि मात्रै थाहा पायौं ।’

बालिकाकाे सम्वेदनशील अंगमा निलडाम रहेको र चोट देखिएपछि बालिकाका बुवाले पिडक बालकलाई अटोमा राखेर ईलाका प्रहरी कार्यालय छिन्चु लगेर गएका थिए । घटना भएको साँझ बालिकाको स्वास्थ्य परीक्षण गर्न कर्णाली प्रदेश अस्पताल कालागाउँ समेत लगिएको हो ।

पीडित परिवारले भने ईलाका प्रहरी कार्यालय छिन्चुमा फागुन १७ गते उजूरी दर्ता गराएका छन् । बालक प्रहरीको नियन्त्रणमा छन् । घटना भएको पाँच दिन पुग्दा पनि परिवारलाई प्रहरीले न्यायको अनूभूति दिलाउन नसक्दा परिवार र आफन्तहरु झन पीडित बनेकाे बताएका छन् ।

ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधव चौधरीले घटनाबारे आफूले बताउन नमिल्ने भन्दै पन्छिएका छन् । नेपालीरैबारकर्मीले कुरा गर्दा घटनाबारे म केही भन्न चाहन्न, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाटै जानकारी बुझ्नु भन्दै गैरजिम्मेवारी अभिव्यक्ति दिएका छन् ।

ईलाका प्रहरी कार्यालयले नै मुद्दा हेर्न र अनुसन्धान गर्ने जिम्मेवारी पाएपनि घटनाबारे गुपचुप राख्न खोजेपछि पीडित परिवार न्याय पाउनेमा आंशकित बनेका छन् । प्रहरीले घटनास्थलमा मुचुल्का उठाएर अन्य घटनाबारे हालसम्म कुनै सोधपुछ नगरेको परिवारले जनाएको छ ।

घटनाबारे बुझ्न खोज्दा ईलाका प्रहरी कार्यालय छिन्चुले उल्दै पीडित परिवारलाई धम्की दिने गरेको छ । बालिकाको मेडिकल रिपोर्ट आए नआएको पीडित परिवारले बुझ्न खोज्दा प्रहरीले थर्काउने गरेको पीडत बालिकाका आफन्तहरुले बताएका छन् । बालिका शिशु कक्षामा पढ्छिन भने बलात्कारको आरोप लागेको बालक कक्षा ५ मा पढ्छन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?