२०८१ जेष्ठ ५ गते शनिवार

जनयुद्ध दिवसका अवसरमा डोल्पामा दिप प्रज्वलन




डोल्पा १ फागुन
हिमाली जिल्ला डोल्पामा जनयुद्ध दिवसका अवसरमा दिप प्रज्वलन गरिएको छ ।
नेकपा माओवादी केन्द्र डोल्पाको जिल्ला पार्टी कार्यालय दुनैमा २९ वटा दिप प्रज्वलन गरिएको हो ।
डोल्पाका प्रथम सहिद नन्द प्रसाद न्यौपाने लगायत दश बर्षे जनयुद्धमा बलिदान दिएका सहिदहरुको सम्झनागर्दै जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन गरिएको माओवादी नेता बिरमल कुमार भण्डारीले जानकारी दिए ।
संघिय लोकतान्त्रिक गणतन्त्रको आधार स्तम्भनै शसस्त्र जनयुद्ध भएकाले यसलाइ देशव्यापी रुपमा मनाउनु पर्ने उनको भनाइ छ ।
जिल्लामा उपलब्ध नेता कार्यकर्ताहरुको उपस्थितिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको प्रदेश कमिटी सदस्य अाेमेन्द्र केसीले बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?