२०८१ जेष्ठ २ गते बुधवार

त्रिपरासुन्दरीमा जलवायु परिवर्तन सम्बन्धी मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न!



पुर्ण कुमार / नेपालब्रेक

कार्तिक २४ , डोल्पा

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा जलवायु परिवर्तन सम्बन्धी मावि स्तरीय हाजिरीजवाफ सम्पन्न भएको छ ।

शुक्रवार नगरपालिकाकाे केन्द्र त्रिपुराकोट बगरमा त्रिपुरासुन्दरी नगरपालिकाको समन्वय र जलवायु परिवर्तन तथा पर्यावरण संरक्षण अभियान नेपालको साझेदारीमा हाजिरी मावि स्तरीय जवाफ कार्यक्रम सम्पन्न गरिएको हो ।

हाजिरी जवाफ कार्यक्रममा नगरपालिका भित्रका ५ वटा माध्यमिक विद्यालयकाे सहभागिता रहेको थियो ।

नगरपालिका भित्रका त्रिपुरा माध्यमिक विद्यालय काटीयाँचौर , त्रिपुराकोट माध्यमिक विद्यालय मद्दु, जनप्रभा माध्यमिक विद्यालय लिकु , सरस्वति माध्यमिक विद्यालय सु, मूकुटेश्वर माध्यमिक विद्यालय फुल्चिङले सहभागिता जनाएका थिए ।

जलवायु परिवर्तन सम्बन्धी अन्तर पालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा ५० वटा प्रश्न राखिएको थियो । राखिएको ५० प्रश्न मध्य १४ वटा प्रश्नको सही जवाफ दिदै जनप्रभा मावि लिकु प्रथम भयो भने , १२ वटा प्रश्नको सही जवाफ दिँदै त्रिपुराकोट मावि दोश्रो भयो त्यस्तै ६ वटा प्रश्नको सहित जवाफ दिँदै त्रिपुरा मावि काटियाचौर तेश्रो भयो भने , ५ वटा प्रश्नको सही गवाफ दिँदै सरस्वती मावि सु चौथो र ३ वटा प्रश्नको सही जवाफ दिँदै मुकुटेश्वर मावि पाँचौं भयो ।

कार्यक्रममा प्रत्येक विद्यालय देखि ३/३ जना विद्यार्थीहरुलाई सहभागिता गराइएको थियो । कार्यक्रममा प्रथम स्थान हासिल गर्नेलाई ३ पिस झोला , कापी कलम , कप र प्रमाण पत्र दिईएको थियो ।

दृतिय स्थान हासिल गर्नेलाई पनि ३ पिस झोला , कापीकलम , कप र प्रमाणपत्र दिईएको थियो ।तृतीय स्थान हासिल गर्ने बिद्यार्थीलाई कापीकलम , कप सहित प्रमाणपत्र दिईएको थियो ।

त्यस्तै क्रमशः चौथो र पाँचौं स्थान हासिल गर्ने बिद्यार्थीलाई कप र प्रमाणपत्र दिईएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम वहादुर रोकायले विद्यालय शैदान्तिक ज्ञानका साथै ब्यवहारिक र ब्यवसायिक ज्ञान दिन आवश्यक रहेको बताए । पालिकास्तरमै जनचेतना फैलाउने मनसायले गरिएको जलवायुपरिवर्तन तथा पर्यावरण सम्बन्धि हाजिरी जवाफ प्रतियोताले राम्रो सन्देश दिने बताए । त्यस्तै कार्यक्रममा बोल्दै नगरप्रमुख जनचन्द्र रोकायले बालवालिबाको अन्र्तनिहित प्रतिभालाई प्रस्फुटनका लागि पनि हाजिरी जवाफ गर्न आवश्यक हुने बताउदै बदलिदो जलवायु परिवर्तन संगै यसको रोकथामा जनचेतना फैलाउन आवश्यक रहेकाले सबैले यसमा जोड दिनु पर्ने बताए ।

हाजिरिजवाफ प्रतियोगितामा सबै बिद्यार्थीलाई आफ्नो नतिजा प्रती सन्तुष्टि हुन आग्रह समेत गरे ।हाजिरिजवाफ कार्यक्रमको सभाध्यक्ष जलवायु परिवर्तन तथा पर्यावरण संरक्षण अभियान नेपालकी अध्यक्ष धनलक्ष्मी चलाऊने गरेकी थीन, त्यस्तै प्रमुख अतिथिमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख रोकाय , विशिष्ट अतिथि नगरप्रमुख रोकाय , नगर उप-प्रमुख देवी घर्ती , निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धाराला , विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि , नगरपालिका भित्रका वडा अध्यक्षहरु , जिल्ला स्थित सञ्चारकर्मी , विभिन्न विद्यालयका प्रध्यानाध्यापक , विद्यार्थी लगायतको उपस्थिति रहेको थियो

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?