२०८० चैत्र १६ गते शुक्रवार

सय मतदाता पनि नपुगेका डाेल्पाका पाँच मतदान केन्द्र !



डाेल्पा २८ कात्तिक :  हिमाली जिल्ला डोल्पामा एकसय मतदाता नपुगेका पाँचवटा मतदान केन्द्र रहेका छन्।

उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा पर्ने बाइसमध्ये पाँच मतदान केन्द्रमा सयभन्दा पनि कम मतदाता भएका पाँचवटा मतदान केन्द्र रहेका छन्।

जसमा छार्काङसोङ गाउँपालिका वडा नं २ मा पर्ने आधारभूत स्वास्थ्य केन्द्र पुङ्काबगर मतदान केन्द्रमा ५० पुरुष र ३६ महिला गरेर जम्मा ८६ मतदाता छन्।

डोल्पोबुद्ध गाउँपालिका वडा नं २ वडा कार्यालय कलाङ मतदान केन्द्रमा ३२ पुरुष र २६ महिला गरेर ५८ मतदाता छन्।

त्यसैगरी शे-फोक्सुण्डो गाउँपालिका वडा नं ७ मा पर्ने टासी सुम्दो आधारभूत विद्यालयल कु-गाउँ मतदान केन्द्रमा पुरुष ३५ र महिला ४४ गरेर ७९ मतदाता छन्।

शे-फोक्सुण्डो गाउँपालिकाकै वडा नं ६ फोदगाउँ वडा कार्यालय मतदान केन्द्रमा पुरुष १८ र महिला १६ गरेर जम्मा ३४ मतदाता रहेका छन्।

शे-फोक्सुण्डो गाउँपालिकाकै दशरथ चन्द आधारभूत विद्यालय कोमास मतदान केन्द्रमा ४७ पुरुष र ५० महिला गरेर ९७ जना मतदाता रहेका छन्।

भौगोलिक रुपमा विकट भएकाले एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँ समय लाग्ने भएकाले पनि थोरै मतदाताको लागि पनि छुट्टै मतदान केन्द्र व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ। यी पाँच मतदान केन्द्रमा मतदान सुरु भएको तीन चार घण्टामै मतदान सकिने बताइएको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?