
पुर्ण सार्की / नेपाल ब्रेक
भदाै २४, डोल्पा
हिमाली जिल्ला डोल्पामा संचालित माओवादी पार्टीको ३ महिने विशेष रुपान्तरण अभियान देखि जनता उत्सहित बनेका छन ।
केन्द्रिय पार्टीकाे निर्णय अनुसार सुरु भएको यो अभियान डोल्पामा झन् व्यापक रूपमा चलिरहेको छ ।
वि.सं २०६२/६३ काे जनयुद्ध पछि माओवादी पहिलोपटक जनजनमा माओवादी ,घरघरमा माओवादी भन्ने मूल नारा सहित माओवादी विशेष रुपान्तरण अभियानको सिलसिलमा डोल्पामा मात्र नभई देश भरिकै जनताको घर घरमा पुगेको छ ।
डोल्पामा यो अभियान सुरु भए देखि यता समाजिक अभियान्ता देखि बौद्धिक युवा लेखक समेतले माओवादी पार्टी रोजेपछि माओवादी पार्टी झनै बलियो बन्दै गइरहेको छ । यसरी माओवादी पार्टी बलियो बन्दै जाने हो भने आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेमा कुनै शंका छैन ।
यो अभियानको सिलसिलामा ठूलिभेरी नगरपालिका वडानम्बर ५ माझफाल पुगेको अभियान कार्यक्रममा “कोग्ले ” नामक पुस्तक लेखक बौद्धिक युवा प्रेमबहादुर बोहोरा माओवादीमा प्रवेश गरेका छन ।
आर्थिक अनियमितता भष्ट्रचार ढिलासुस्ती लगायत सामाजिक रुपान्तरणको अभियानमा समेत क्रियासिल बोहरा सहित ४९ जना युवाहरुले एकै साथ प्रवेश गरेपछि माओवादी थप उत्साहित बन्दै गएको छ ।
सामाजिक अभियान्ता ओमेन्द्र केसी , रणबहादुर कार्की र बीरमल भण्डारी लगायतका बौद्धिक युवा समेत पछिल्लो समय माओवादीमा समाहित छन ।
नवप्रवेशी प्रेमबहादुर बोहोरा गएको स्थानीय तह निर्वाचनमा स्वतन्त्रवाट ठूलिभेरी नगरपालिकाको नगरप्रमुख पदका प्रत्यासी समेत हुन ।नगरप्रमुख उपप्रमुख सहित बहुमत जनप्रतिनिधि नेपाली काँग्रेसले जीत हासिल गरेको ठूलिभेरीनगरमा प्रेमबोहोरा लगायतको पार्टी प्रवेशले अन्य पार्टीलाई आगामी निर्वाचनमा माओवादी चुनौती बन्ने देखिएको छ ।
जिल्लाका ८ ओटा स्थानीय तहमा एकै साथ अभियानको शुभारम्भ गरेको माओवादीले मुड्केचुला,जगदुल्ला,शे फोक्सुण्डा,काइके गाउँपालिका, ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा अभियानले तीव्र गती लिएपनि उपल्लो डोल्पाका डोल्पोबुद्ध छार्काताङ्गसोङ लगायतका गाउँपालिका र केहि भेग विकट भएपनि अभियान टोलि त्यसतर्फ अगाडि बढेको माओवादीका नेता ओमेन्द्र केसीले बताए ।
उनका अनुसार पछिल्लो समय माओवादी प्रति जनताको भरोसा बढेको पाइएको छ ।
फोटो :- पूर्ण सार्की

