
रामचन्द्र न्याैपाने,
डाेल्पा १३ असाेज : हिमाली जिल्ला डाेल्पाकाे त्रिपुराकाेट बजार अनुगमन गरिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका १ अन्तर्गत पर्ने त्रिपुराकाेट बजार अनुगमन गरिएको हाे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीकाे नेतृत्वमा बजार ब्यवस्थापन समिति,सुरक्षाकर्मी,सञ्चारकर्मी लगायतका सराेकारवालाकाे उपस्थितिमा बजार अनुगमन भएको हाे ।
तीनवटा समूह बनाएर गरिएको अनुगमनबाट ८० हजार ६ सय बराबरकाे पेय पदार्थ,बिस्कुट,चकलेट,मैदा लगायतका म्याद गुज्रेका सामानहरु बरामत गरि नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत नेपालीले जानकारी दिए ।
उद्योग तथा आपूर्ति मन्त्रालयकाे परिपत्र तथा जिल्ला प्रशासन कार्यालयकाे समन्वयमा आज सबै पालिकाले आफ्ना बजार क्षेत्र अनुगमन गरेकाे उनकाे भनाई छ ।
दशैँ नजिकिँदै गर्दा म्याद नाघेका अखाद्य बस्तु नगरबासीले प्रयाेग गर्नु नपराेस भन्दै अनुगमन भएकाले अबका दिनमा यस्ता अनुगमन स्थानीय तहलेनै नियमित गर्ने उनले बताए ।
अनुगमनका क्रममा हाेटल पसलेहरुकाे आधिकारिकता समेत जाँच गरिएको थियाे ।
त्यसैगरी ठुलिभेरी नगरपालिकाले पनि जुफाल बजार अनुगमन गरेकाे छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्सालकाे नेतृत्वमा बजार अनुगमन गरिएको हाे ।
अनुगमन टाेलीले म्याद गुज्रेका अखाद्य बस्तुहरु बरामद गरि नष्ट समेत गरेकाे थियाे ।