२०८१ बैशाख १४ गते शुक्रवार

डाेल्पाका जनप्रतिनिधिलाई नेकपा एकीकृत समाजवादीमा लाग्न सांसद बुढा र नेता शाहीकाे अपिल !



रामचन्द्र न्याैपाने,
डाेल्पा १५ भदौ: डाेल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य धनबहादुर बुढा र केन्द्रीय सदस्य हंश बहादुर शाहीले माधवकुमार नेपाल नेतृत्वको नेकपा( एकीकृत समाजवादी) पार्टीमा लाग्न आग्रह गरेकाछन् ।
नेकपा(एमाले) सँग आवद्ध भएर स्थानीय तह तथा प्रदेशमा निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरु,कम्युनिष्ट पार्टीमा आस्था राख्ने जिल्लाका सम्पूर्ण नेता,कार्यकर्तालाई नेपाल नेतृत्वको पार्टीमा आवद्धहुन मंगलबार प्रेस वक्तव्य निकाल्दै सामुहिक अपिल गरेकाहुन् ।
नेपाली कम्युनिष्ट आन्दोलनकाे रक्षा,पुनर्गठन र रुपान्तरणकालागि नेपाल नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) पार्टीनै सक्षम भएकाे कुरा वक्तव्यमा उल्लेख गरिएको छ ।
त्यतिमात्र नभई नेता नेपाल देशको संविधान,लाेकतन्त्र र पाप्त उपलब्धिकाे रक्षा गर्नुका साथै पार्टी भित्रको आन्तरिक लाेकतन्त्र,राष्ट र राष्ट्रियताकाे पक्षमा वकालत गर्न सधै प्रतिवद्व भएकाे प्रष्ट पारिएको छ ।
नेता शाही नेकपा(एमाले) फुटेर बनेकाे नव गठित नेकपा(एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य समेत हुन् ।
देशकाे संविधान,पार्टीको विधान र कार्यकताकाे मनाेभावना विपरीतका कार्यहरुमा लगाम लगाउन नसकेकै कारण झन्डै दुई तिहाइकाे पार्टी फुटेर प्रमुख प्रतिपक्षकाे नेतृत्वमा सरकार बनेकाे शाहीकाे भनाई छ ।
नेकपा एमाले डाेल्पाका संस्थापक नेता समेत रहेका शाही
र डाेल्पाकाे राजनीतिकाे स्ट्राइकरकाे रुपमा पुर्व राज्यमन्त्री बुढा र कर्णाली प्रदेश सभा सदस्य तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिंह बुढा समेत नेपाल नेतृत्वको पार्टीमा लागेपछि डाेल्पामा नेकपा(एकीकृत समाजवादी) नै बलियाे रहेकाे बताईन्छ ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?