२०८१ बैशाख २९ गते शनिवार

साहसिक पाइलट दिनेश न्याैपानेकाे स्मृतिमा दुनैमा प्रवेशद्वार निर्माण गरिँदै



डाेल्पा १२ जेठ,
डाेल्पा सदरमुकाम दुनैमा स्वर्गिय पाइलट दिनेश न्यौपानेको नाममा प्रबेशद्धार निर्माण हुने भएको छ ।
कर्णाली प्रदेश सरकारकाे पचास लाख आर्थिक सहयोगमा प्रवेशद्वार निर्माणगर्न लागिएको हाे ।
डोल्पामा जन्मिएका पाइलट दिनेश न्यौपाने २०७२ साल फाल्गुन १४ गते नेपालगञ्जबाट जुम्ला यात्रुलिएर जाने क्रममा कालिकोटको चिलखायामा दुर्घटनामा परेर ज्यान गुमाएका थिए ।
पाइलट दिनेश न्यौपाने र को पाईलट सन्तोष रानाले आफुले ज्यान गुमाएर भएपनि काष्टमण्डपको जहाजमा सवार ९ जना यात्रु भने बचाएका थिए ।
आफु बाचेर यात्रु बचाउने सफल पाइलट न्यौपाने र को पाईलट रानाको सम्झनामा दुनैमा शालिक सहित राखेर प्रबेशद्धार दिनेश न्यौपाने प्रतिष्ठान मार्फत निर्माण गर्न लागिएकाे प्रतिष्ठानका अध्यक्ष मानदत्त न्यौपानेले जानकारी दिए ।
प्रतिक्षालय,सौचालय,चमेनागृह,पानीको धारा,र द्धारको दुबैतिर पाइलट दिनेश न्यौपाने र को पाईलट सन्तोष रानाको मुर्ती राखिने बताईएकाे छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?