२०८० असोज ७ गते आइतवार

डाेल्पामा माओवादीमा केन्द्रले सम्पन्न गर्याे विशाल जनसहभागिताका साथ सम्मेलन !(फाेटाे फिचर)



रामचन्द्र न्याैपाने,
डाेल्पा १२ मंसिर: त्रिपुरासुन्दरी नगरपालिकामा माओवादी केन्द्रले प्रथम नगर सम्मेलन सम्पन्न गरेकाे छ ।
शनिबार सम्मेलनकाे उद्घाटन कार्यक्रम सम्पन्न गर्दै आइतबार बन्दसत्र कार्यक्रम मार्फत नगर कमिटी घाेषणा गरेकाे हाे ।
नगर कमिटीकाे अध्यक्षमा नवराज बुढा,उपाध्यक्षमा सिद्वमान बिक,उपाध्यक्षमा पुर्णिामा बाेहाेरा,सचिवमा माेतिराम गाैतम,सह सचिवमा सह सचिवमा बिष्णु रावत,काेषाध्यक्षमा बिनाेद बिक सहित ५५ सदस्यीय नगर कमिटी गठन गरिएको हाे ।
नगरपालिका ११ वटै वडाका समेटिने गरि सर्वसम्मत नेतृत्व चयन गरिएको बताइएको छ ।
उद्घाटन सत्रमा बाेल्दै कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाहीले डाेल्पामा माओवादी केन्द्र एक नंम्बर पार्टीहुने बताए ।
कार्यक्रम देखिएको जनलहर र विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गर्ने लहर चलेकाे छ,अब डाेल्पाका सबै स्थानीय तह,प्रदेश र केन्द्रमा माओवादीले जित्छ शाहीले भने ।
त्यतिमात्र नभई माओवादी केन्द्र दुखि गरिव र सर्वहारा बर्गकाे पार्टी भएकाले सबैकाे आस्था बड्दै गएको छ,
माओवादीले धेरै काम गरेको छ,तर प्रसार प्रसारहुन नसक्दा श्रेय लिन सकेकाे छैन शाहीले थपे ।
आफ्नै नेतृत्वमा जुम्ला बलाङग्रा त्रिपुराकाेटसम्म सडक निर्माणमा बजेट,चुँ मा लिफ्ट सिँचाइ,जाजरकोट डाेल्पा सडकमा बेलिब्रिच,त्रिवेणी भालु,त्रिवेणी काइगउँ माेटरबाटाे,टेलिफाेन टावर ,विद्यालय भवन निर्माण लगायतका र क्षेत्रमा बजेट हालिएको बताए ।
कार्यक्रममा माओवादी नेता नैन प्रसाद पहाडी,रामलाल बिक,चन्द्रमान राेकाय,काली चलाउने,उर्मिला विश्वकर्मा
लगायतका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।
त्यसैगरि मुड्केचुला गाउँपालिकामा पनि गाउँ सम्मेलन भव्य रुपमा सम्पन्न भएकाे गाउँ कमिटीका अध्यक्ष दत्त बहादुर शाहीले बताए ।
काङ्ग्रेस वडा सदस्य पुर्व गाउँपालिका सभापति पुर्ण बहादुर शाही सहित ५५ जना भन्दा धेरै नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेकाे उनले बताए ।
मुड्केचुलामा माओवादी केन्द्रकाे समर्थनमा जनलहर उर्लेकाे समेत उनले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?