
डाेल्पा १० मंसिर: हिमाली जिल्ला डाेल्पामा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुकाे लहर चलेको छ ।
तल्लाे डाेल्पामा पर्ने जगदुल्ला गाउँपालिकाले बिहीबार आयोजना गरेकाे गाउँपालिकास्तरीय सम्मेलन गर्ने क्रममा एमालेबाट निर्वाचित वडा अध्यक्ष सहित ८५ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेकाहुन् ।
वडा नं ६ बाट निर्वाचित वडा अध्यक्ष भक्तबहादुर बुढाथोकी,वडा नं २ का वडा सदस्य हरिमान थापा,एमाले वडा कमिटी अध्यक्ष राम बहादुर शाही,सचिव लाेकबहादुर शाही सहित ६३ जना माओवादी केन्द्रमा प्रवेश गरेकाहुन् ।
त्यसैगरी नेपाली काङ्ग्रेस वडा नं १ का सभापति रविन्द्र राेकाय,वडा नं २ का सभापति विमल बुढाथोकी सहित २२ जना माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।
नवप्रवेसीहरुलाई स्वागत गर्दै माओवादी केन्द्र डाेल्पा संयाेजक मालबहादुर राेकायले डाेल्पा माओवादीमय भएको बताए ।
देशमा जनताको माओवादी पार्टी प्रतिकाे भराेषा बडेकाे उनको भनाइ छ ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका इन्चार्ज नारासिँह राेकायले देश माओवादीकै एजेन्डामा चलिरहेको बताए ।
माओवादी केन्द्र जगदुल्लाले प्रथम गाउँ सम्मेलन पनि सम्पन्न गरेकाे छ ।