२०८१ बैशाख १४ गते शुक्रवार

नेपाली सेनाद्धारा फरक क्षमताका बालबालिकालाइ सहयोग



डोल्पा १३ चैत्र,
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको रामवाण गुल्मले एक बिद्यालयका फरक क्षमता भएका बालवालिकालाइ सहयोग गरेको छ ।


गुल्मको १८ औ बार्षिक उत्सवको अवसरमा सदरमुकाम दुनै स्थित धुव्रतारा आधारभुत बिद्यालयद्धारा सञ्चालित अपाङ्ग श्रोत कक्षाका मुकुटेश्वर अपाङ्ग सेवा समितिको आवासिय भवनमा बस्दै आएका बाइस जना बिद्यार्थीलाई खाद्यान्न,लत्ता कपडा लगायतका सामग्री सहयोग गरेको हो ।
उक्त आवासिय भवनमा जिल्लाका विकट ग्रामिण भेगका अनाथ, असहाय,टुहुरा तथा फरका क्षमतका बालबालिका बस्ने भएकाले उनिहरुकालागि दाल,चामल,नुन,तेल लगायत गरेर ७० किलो खाद्यान्न र बाइस थान सिरक डसना सहयोग गरिएको गुल्मपति अशोक कुमार क्षेत्रीले बताए ।

सहयोग सामग्री उक्त सेवाका जिल्ला कार्यसमितिका अध्यक्ष जसमान विक र सेवा समितिका अध्यक्ष चन्द्रबहादुर रोकायलाइ संयुक्त रुपमा हस्तान्तरण गरिएको गुल्मपती क्षेत्रीको भनाइ छ ।

सेनाद्धारा वितरित सहयोग सामग्री पाएपछि सेवा समिति परिवारले खुशी व्यक्त गर्नुकासाथै सेनालाइ हार्दिक धन्यवाद समेत दिएका छन् ।
निकुञ्को सुरक्षाकालागि खटिने सेनाका गुल्मले निकुञ्ज सुरक्षासँगै जनताका हरेक सुखदुखमा समेत साथ दिँदै आएकाछन् ।

 

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?