२०८१ बैशाख १४ गते शुक्रवार

कर्णालीका मुख्यमन्त्रीसहित दुइ मन्त्री पनि सडकमा बसेर प्रदर्शन



सुर्खेत । नेकपा दाहाल(नेपाल समूहले जारी राखेको आमहड्ताललाई सफल बनाउन कर्णाली प्रदेशमा मुख्यमन्त्री पनि सडकमा उत्रिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी आमहड्ताललाई सफल बनाउन सडकमा उत्रिएका हुन् ।

स्थानीय मंगलगढी चौकमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदका विरुद्ध सडकमा आउनु परेको प्रतिक्रिया दिएका छन् ।

असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको विरुद्ध आन्दोलन गर्नुपरेको मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?