२०८० चैत्र १६ गते शुक्रवार

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कृषक,कृषि समुह र सहकारीलाई वितरण !



डोल्पा : डोल्पा जिल्लाका विभिन्न कृषक तथा कृषक समुहहरुलाई यस आर्थिक बर्ष २०७६।७७ को मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण गरीएको छ । कृषि विकास कार्यालय डोल्पाको अयोजनामा बिहिवार जिल्ला समन्वय समिति डोल्पाको सभाहलमा एक कार्यक्रमका विच विभिन्न विधाका कृषक पुरस्कारहरु वितरण गरीएको हो ।
कृषि बिकास कार्यालय डोल्पाको आ.व २०७६।७७ को स्वीकृती कार्यक्रम अन्तरगत प्रत्यक स्थानिय तहहरुबाट एक जना महिला र एक जना पुरुष कृषकलाई स्थानिय स्तर उत्कृष्ट पुरस्कार प्रदान गरीएको छ । स्थानिय स्तरको उत्कृष्ट पुरस्कार पाउनेमा ठुलीभेरी नगरपालिका २ का दशरथ रोकाया, वडा नं. ३ की शान्ती कुमारी शाही,त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ की सरिता विष्ट,वडा नं. २ की लक्ष्मी बुढा, वडा नं. ३ का राम बहादुर गुरुगँ, मुड्केचुला गाउपालिका वडा नं. ३ का नर बहादुर थापा,वडा नं. ९ की धर्म बुढा(रोकाया) ,जगदुल्ला गाउपालिका वडा नं.२ की कार्मा बुढाथोकी,वडा नं. ४ का श्रीलाल बस्नेत,काईके गाउपालिका वडा नं. २ का छेवापुटीगँ झाकीँ,वडा नं. ६ का हिरा बुढा,डोल्पो बुद्ध गाउपालिका की धावा लामा र वडा नं. ६ का छुटुप गुरुगँले स्थानिय स्तरको उत्कृष्ट कृष पुरस्कार प्राप्त गरेका छन । प्रत्यक स्थानिय स्तरका कृषकहरुलाई जनही १५००० (पन्ध्र हजार) नगद सहीत प्रमाणपत्र वितरण गरिएको छ ।
यसैबिच ठुलीभेरी नगरपालिका वडा नं. २ लोचाका कमल बहादुर क्षेत्री र ठुलीभेरी वडा नं. ११ रह की राममती कार्कीले जिल्ला स्तर उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन । यस बर्षको जिल्ला स्तर उत्कृष्ट कृषकमा उकत दुई जनालाई जनही २५००० (पच्चीस हजार) नगद सहीत प्रमाण पत्र वितरण गरीएको छ । त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ को उत्पादन कृषक समुह र ठुलीभेरी नगरपालिका वडा नं.४ को हरियाली कृर्षक समुहलाई जिल्ला स्तरको उत्कृष्ट कृषक समुहको पुरस्कार प्रदान गरीएको छ । यी दुई समुहलाई जनही ३५०००(पैतीस हजार) रुपैया सहित प्रमाण पत्र वितरण गरीएको छ । काईके गाउपालिका वडा न. ३ गुम्वातारा को गुम्बातारा कृर्षि बहुउद्यशीय कृषी सहकारी सस्था लिमिटेड र मुड्केचुला गाउपालिका वडा नं. ६ नर्कु को कस्तुरी जडीबुटी उत्पादन,संकलन तथा प्रशोधन सहकारी संस्था लिमिटेड लाई उत्कृष्ट जिल्ला स्तर सहकारी सँस्था पुरस्कार प्रदान गरीएको छ । यी दुई सहकारीले जनही ५०,००० (पचास हजार) रुपैयाको साथ प्रमाण पत्र प्राप्त गरेका छन ।
उक्त पुरस्कार वितरण कार्याक्रम कृषि विकास कार्यालय डोल्पाका निमित्त कार्यलय प्रमुख कमल बहादुर सुनारको अध्यक्षतामा,जिल्ला समन्वय प्रमुख सेर बहादुर बुढाको प्रमुख अथितिमा,साहयक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माको विशेष अथितिमा,नागरीक समाज डोल्पाका अध्यक्ष सेर बहादुर बुढा,विभिन्न कार्यलयका प्रमुखहरु,कृषक,सन्चारकर्मीको सहभागीता रहेको थियो । सहभागी कृषकहरुलाई उपस्थीत सवैले थप सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?