
रामचन्द्र न्यौपाने
डोल्पा ३० कात्तिक/ भुगोलका हिसाबले नेपालैकै ठुलो जिल्ला हो डोल्पा ।डोल्पा माथिल्लो,मध्य र तल्लो गरेर तीन भेगमा बाँडिएको छ ।माथिल्लो भेग जिल्लाको उत्तरी क्षेत्रमा पर्छ ।चीनको स्वसासित क्षेत्र तीब्बतको सिमाक्षेत्रमा पर्ने भएकाले जीवनसैली भाषा,रहनसहन,सँस्कार र सँस्कृती तीब्बतसँग मेल खान जान्छ ।उपल्लो डोल्पामा चिनसँग जोडिएका नाका क्याटो र मोरिम्ला नाकाहुन् ।आर्थिक उपार्जनको मुख्य स्रोत जडिबुटी र पशुपालनमा निर्भर उपल्लो डोल्पा शैक्षिक हिसाबमा समेत पछि परेको छ ।जिल्ला सदरमुकाम दुनै देखि ५ देखि ७ दिनसम्म लाग्ने उपल्लो डोल्पा राजनितिक चेतनाका हिसावमा अझ पछाडी छ ।हिजो पञ्चायतकाल देखिनै जिल्लाको राजनितिक नेतृत्व मध्य र तल्लो डोल्पालेमात्र आलोपालो गरिरहँदा उपल्लो डोल्पाले भने एउटा मौका पनि नपाएको उपल्लो डोल्पाबासीको गुनासो छ ।विगत देखि अहिलेसम्म सबै निर्वाचनमा उपल्लो डोल्पाका जनता नेतालाइ कुर्सीमा पु¥याउने सिँडिको रुपमामात्र प्रयोग भइरहेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय ग्याल्बो थापा भोटे गुनासो पोखे ।“उपल्लो डोल्पाले संसदीय निर्वाचनमा कहिल्यै पनि नेतृत्व गर्न पाएन,एउटा उम्मेद्धारसम्म कुनै पनि पार्टीले बनाएन,उपल्लो डोल्पाका जनता सधै नेतृत्वलाइ कुर्सीमा पु¥याउने सिँडि बनिरहे”थापाले भने ।“तल्लो र मध्य डोल्पामा जस्तो उपल्लो डोल्पामा पनि सक्षम नागरिकहरु छन्,हाम्रो भोट सधैँ तलकै नेताहरुलाई सधै चाहिन्छ तर हाम्रो नेतृत्व मन नपर्ने रैछ” उनले थपे ।“लोकतन्त्रको मर्म भावना अनुसार समावेशी समानुपातिक भनिन्छ तर उपल्लो डोल्पाको हकमा लागु भएको छैन् ।हरेक पाँच बर्षमा आवधिक निर्वाचन हुन्छ,उम्मेद्धारहरु तल्लो र मध्ये डोल्पामा घरघरमा पुगेर मत माग्ने गर्छन्,आफ्ना एजेण्डा प्रस्तुत गर्दै जनताका समस्या सुन्ने गर्छन्,तर उपल्लो डोल्पाका नागरिकले त्यो सौभाग्य प्राप्त गरेको छैन,निर्वाचन आउँछ जान्छ,न यहाँका जनतामाझ एजेण्डा प्रस्तुत हुन्छन नत आफ्ना समस्या प्रत्यक्ष राख्ने अवसर पाउँछन,नत उम्मेद्धारनै चिन्छन्,खाली फलानोलाइ भोट हाल्नु भन्ने रैवारमात्र पुग्छ”भोटेले दुखेसो पोखे ।उनले भने “उपल्लो डोल्पामा थुप्रै समस्या छन्,खाद्यान्न उत्पादन हुँदैन,पुल बाटाघाटोको समस्या छ,सञ्चार विद्युतको समस्या छ,राम्रा विद्यालय अस्पताल छैन,भगवान भरोसामा जिउनु पर्ने बाध्यता छ,यि समस्या नेतृत्वले कहिल्यै देखेनन सुनेनन् ।”उनका अनुसार उपल्लो डोल्पामा सधैँ निर्वाचनका बेलमामात्र ठाडो खबर बोकी हुलका हुल मान्छे जाने गरेकाछन् ।यसले गर्दा नागरिकहरु क्रसित हुने गर्दछन ।उपल्लो डोल्पामा तीनवटा स्थानीय तहछन् ।डोल्पोबुद्ध,शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिका ।तीनवटै पालिका गरेर कुल मतदाता ४ हजार १ सय ९२ छन् । शे–फोक्सुण्डा प्रदेश निर्वाचन क्षेत्र ख मा पर्छ । डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिका क निर्वाचन क्षेत्रमा छ ।आफुलाई थाहा भएदेखि कुनै पनि चुनावमा उम्मेद्धारहरु घरदैलो अभियानमा नआएको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने रिग्मोका स्थानीय निमा गुरुङ्गले बताए ।“चुनावका बेला तल्लो डोल्पामा चुनावी चहलपहल बडेका बेला उपल्लो डोल्पामा न उम्मेद्धार आउँछन,नप्रचार सामग्री पुग्छ,न जनताको माग सुन्ने आफ्ना एजेण्डा प्रस्तुत गर्ने उम्मेद्धारका प्रतिनिधि आउँछन”गुरुङ्गले भने ।“तीन गाउँपालिकाका जनता उम्मेद्धारकालागि सधै पुल बने्,पुलमा हिँड्ने मौका कहिल्यै पाएनन्”उनले थपे ।“उपल्लो डोल्पालीका शिक्षा स्वास्थ्य लगायतका थुप्रै आधारभुत समस्या भएपनि पुरा कसैले नगरेको उनको भनाई छ ।उपल्लो डोल्पासम्म सामान ढुवानी गर्न सडक छैन,तीस किलो चामलको नौ हजार भन्दा धेरै तिर्नुपर्छ,बिरामिहुँदा भाग्यले बचाउने हो,स्वास्थ्य चौकीमा सिटामोलसम्म पाइँदैन,नागरिक धेरै पिडामा बाँचीरहेकाछन् छन्”उनले भने ।जिल्लामा एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्रका चौध जना उम्मेद्धार चुनावी मैदानमा छन् ।तर अहिलेसम्म कोही पनि उपल्लो डोल्पामा प्रचार प्रचार गर्न नआएको छार्काताङ्सोङ गाउँपालिका १ का वडाध्यक्ष धावा लाभाङ्गले बताए ।“घरदैलो अभियान सुरु भएर सकिने बेला भइसक्यो,गाउँघर सुनसान छ,स्थानीय पुजापाठ विवाह ब्रतबन्धन गर्दैछन्,उवा रोप्न,खेतबारी जोत्ने चाँजोपाँजो मिलाउँदैछन्,चुनाव आएको कुनै महसुस छैन्”उनले भने ।“सधै नचिनेका कहिल्यै नदेखेका उम्मेद्धारलाइ भोट हालेर जिताउनु पर्दा मतदाता पनि निरास छन्,आफ्ना समस्या जिउँका तीउँ भएका बेला कतिपय भोट समेत किन हाल्ने भनेर उल्टै प्रश्न गर्छन”उनले थपे ।भौगोलिक हिसाबले पुग्दै तीनचार दिन हिँड्नु पर्ने,अत्याधिक चिसो र ज्यान जोखिममा पर्ने समस्याले पनि उम्मेद्धारहरु उपल्लो डोल्पा नजाने गरेको बताइन्छ ।उपल्लो डाेल्पामाउम्मेदवार नपुगेकाे गुनासाे आइरहँदा प्रदेश ख मा एमालेक उम्मेदवार धनचन्द्र बैजी शे- फाेक्सुन्डाे गाउँपालिकामा पुगेकाछन् ।उनी आफ्नाे पक्षमा भाेट माग्न घरदैलाे अभियानमा पुग्काहुन् ।यसअघि कुनैपनि पार्टीका उम्मेदवारहरु पुगेकाछैनन ।त्यतिमात्र नभइ धाक धम्की प्रलोभन र कार्यकर्तासँग पठाएको खबरलेमात्रै उपल्लो डोल्पाका नागरिकको भोट आइहाल्छ भन्ने ढुक्कताले पनि कुनैपनि निर्वाचनमा उम्मेद्धारहरु नजाने गरेको सरोकारवाला बताउँछन् ।