२०८१ जेष्ठ २ गते बुधवार

बझाङ्ग केन्द्रबिन्दु बनाएर भूकम्प, डोल्पामा पनि धक्का महशुस



पुर्ण कुमार/ नेपालब्रेक

डोल्पा, १६ असाेज

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

डोल्पा लगायत कर्णालीका अन्य जिल्ला र सुदूरपश्चिमका डोटी, कैलाली, अछाम, बाजुरालगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पपछि पुनः दिउँसो ३ः०६ मा पराकम्पन पनि गएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?