२०८१ जेष्ठ ६ गते आइतवार

डाेल्पामा पहिलाेपटक सम्पूर्ण कार्यालयकाे सार्वजनिक सुनुवाइ गरिने,नागरिकले खुलेर प्रश्न गर्न पाउने



रामचन्द्र न्याैपाने,
डाेल्पा १८ भदाै:
हिमाली जिल्ला डाेल्पामा पहिलोपटक जिल्लाका सम्पूर्ण सरकारी कार्यालयकाे सार्वजनिक सुनुवाइ कार्यक्रम गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयकाे अगुवाइमा पहिलाे पटक सार्वजनिक सुनुवाइ कार्यक्रम गरिने भएको हाे ।
सरकारी कार्यालयद्वारा नागरिकलाई प्रदान गरिने सेवा प्रवाह तथा संघ र प्रदेशबाट परेका विकास याेजना सम्बन्धमा बृहत सार्वजानीक सुनुवाइ गरिने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए ।
प्रजिअ ढकालका अनुसार आगामी २७ गते आईतबार बिहान ११ बजे जिल्ला समन्वय समितिकाे प्राङगणमा सार्वजानीक सुनुवाइ गरिने छ।
विकास याेजना तथा सरकारी कार्यालयबाट नागरिकले पाएका सेवा सुविधाका बिषयमा नागरिकले खुलेर जिज्ञासा राख्न पाउने ढकालकाे भनाई छ ।
साे कार्यक्रममा जिल्लाका आम नागरिकलाइ उपस्थित हुन आग्रह गरिएकाे छ ।
सार्वजानीक सुनुवाइ कार्यक्रममा सम्पूर्ण कार्यालयका कर्मचारीलाई अनिवार्य उपस्थितिहुन निर्देशन दिइएको छ ।
सार्वजानीक सुनुवाई कार्यक्रमको सहजीकरण भने नेपाल पत्रकार महासंघ डोल्पा शाखाले गर्ने छ ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?