
काठमाडौं । सर्वोच्च अदालतले अदलालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीलाई वारेस राख्न अनुमति दिएको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुँगानाको संयुक्त इजलासले प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति दिएको हो ।
लिखित जवाफ आफैँ उपस्थित भएर बुझाएका प्रधानमन्त्री ओलीले सो मुद्दामा वारेस राख्न पाउँ भन्दै निवेदन दिएका थिए ।
अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनामा हदैसम्म कारवाहीको माग गर्दै रिट दायर गरेका थिए ।
प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार