२०८१ बैशाख १४ गते शुक्रवार

डाेल्पाका प्रभावशाली नेता बुढाद्वारा वामदेवकाे केन्दिय समिति अस्विकार,प्रचण्ड-नेपाल नेतृत्वकाे नेकपामा रहेकाे प्रष्टाेक्ति



डाेल्पा ७ फागुन,
डाेल्पाका प्रभावशाली नेता रामप्रसाद बुढा(वर्षा) ले वामदेवकाे केन्दिय समिति अस्विकार गरेकाछन् ।
अाफुलाइ नसोधी बामदेबको केन्द्रिय समिति राखेकाे भन्दै प्रेस विज्ञप्ति मार्फत घोर आपत्ती जनाएकाछन् ।
अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य तथा डोल्पाका स-इन्चार्ज समेत रहेका बुढाले अाफु प्रचण्ड-माधव नेपालले नेतृत्व गरेकाे मुल नेकपामै रहेकाले काेहि कसैलाई भ्रममा नपर्न विज्ञप्ति मार्फत प्रष्ट पारेकाहुन् ।
बीस २०५५ साल देखिनै महान गाैरवशाली पार्टीमा अाबद्व रहेकाले प्रतिगमनकारी शक्ति विरुद्ध सधै कटिबद्ध रहेकाे उनले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?