२०८१ जेष्ठ ३ गते बिहिवार

ट्रान्सफरमरकाे तार समातेपछि करेन्ट लागेर बालिका घाइते




रामचन्द्र न्याैपाने,
डाेल्पा ४ पुस :
हिमाली जिल्ला डाेल्पामा करेन्ट लागेर एघार बर्षिया बालिका घाइते भएकी छिन् ।
रुकुम पश्चिम आठबिसकाेट नगरपालिका वडा नं ४ घर घर भइ हाल दुनै बस्दै आएकी ११ बर्षिया मन कुमारी बिष्ट घाइते भएकी हुन ।
उनी बुधबार दिउँसो तिप्ला खाेला नजिकै जस्ताकाे टहरा मा उक्लेर ट्रान्सर्फमरकाे तार समातेछि सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।
करेन्ट लागेर घाइते बालिकाकाे दाहिने हात पाेलेकाे र जिल्ला अस्पतालमा उपचार भइरहेको डाक्टर अखन्ड उपाध्यायले बताए ।
एकसातामै विद्युतिय पाेलाइकाे घटना दाेहाेरिएकाले अभिभावकले आफ्ना बालबालिकालाई सचेत गराउन डाक्टर उपाध्यायले आग्रह गरे ।
ट्रान्सर्फमरकाे तारमा झुण्डिएकी घाइते बालिकालाई अन्य मान्छेले देखेपछि उद्वार गरेका थिए ।
केही दिन अघिमात्र विद्युत प्राधिकरणले राखेकाे ट्रान्सर्फमरबाट करेन्ट लागेर ठुलिभेरी नगरपालिका ७ बस्ने ८ बर्षिया साजना शाही गम्भीर घाइते भएकी थिइन् ।
डाेल्पामा उपचारहुन नसकेपछि अहिले शाहीकाे काठमाडौमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?