२०८१ जेष्ठ २ गते बुधवार

डोल्पाको जुफाल विमानस्थल जोड्ने सडकको कन्तबिजोक (तस्बिरसहित)




रामचन्द्र न्यौपाने,
डोल्पा १२ मंसिर :
हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्डमा हिलो बडेपछि सवारीसाधन र यात्रुले सास्ती भोग्नु परेको छ ।
ठुलिभेरी नगरपालिका वडा नं ७ मा पर्ने जुफाल विमानस्थल देखि एक किलोमीटर तलको सडक पानीले हिलो भएपछि दैनिक आवत जावत गर्ने जीप,टयाक्टर,मोटरसाइकल लगायतका सवारीसाधनलाई सञ्चालनमा समस्या भएको छ ।
जुफाल बजारभरीबाट निस्केको भान्सा र धाराको पानी सिधै सडकमा निकास गरिएको छ ।जसका कारण करिब दुईसय मीटर सडक हिलोले भरिभराउ भएको हो ।
निलो माटो त्यसमा पनि पानीले हिलो बनाएपछि बाटो चिप्लो भएर जीप,मोटरसाइकल लगायतका सवारीधानकाका चक्का चिप्लिएर दैनिक जसो सानातिना दुर्घटनाहुने गरेको जीप ब्यवसायी शेर बहादुर कठायतले जानकारी दिए ।
जुफाल बजारको पानी पाइपमा सिधै सडकमा निकास गरेकाले सवारीसाधन र पैदलयात्रीहरुले समस्या भोगिरहेको कठायतको भनाइ छ ।
‘नगरपालिका कार्यालय नजिकै छ,दुखको कुरा बजारको पानी व्यबस्थित गर्नुको सट्टा सिधै मुख्य सडकमा हाल्दा पनि नगरपालिकाले कुनै चासो देखाएको पाइन्न’ उनले भने ।
‘सडकमा हिलो सँगै धुलो पनि उत्तिकै छ,जसले गर्दा जीपमा यात्रा गर्ने यात्रुलाई कसरी सकुसल गन्तव्यमा पु¥याउने भन्ने चिन्ताले चालकलाई पिरोल्ने गर्छ’उनले थपे ।
नजिकको सरकार स्थानीय सरकारनै भएकाले यस्ता सानातिना कुरा सुधारमा तदारुपता देखाउनु पर्ने उनको भनाइ छ ।
यहि बाटो भएर आवत जावत गर्ने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती भोग्नु परेको छ ।
धुलो र हिलोले अप्ठेरो बनेको सडक देखि नजिकै नगरपालिका भएपनि सुधारकालागि चासो नदेखाएको जुफालका स्थानीयको गुनासो छ ।
डोल्पालीकालागि भरपर्दो यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थलमा हवाइजहाजबाट पुग्ने मन्त्री,सांसद, जिल्लाका प्रशासक,नगरका जनप्रतिनिधि यहि बाटो भएर आवत जावत गर्ने भएपनि सुधारकालागि कुनै सुझाव तथा चासो देखाएका पाइँदैन् ।
डोल्पा प्रवेशको मुख्यद्धारको सडकको अवस्था नाजुक भएको त्रिपुराकोटका ब्यपारी प्रकाश पन्थीले बताए ।
काम बिशेषले जुफाल एयरपोर्ट जानु पर्ने हिलो सडकका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने उनको भनाइ छ ।
बजारको पानी भित्र भित्रै भिजेर बाटोमा पुगेपछि जुफाल बजार समेत पहिरोको उच्च जोखिममा रहेको छ ।
एयरपोर्ट पुग्ने सडकनै हिलो र धुलोले भरिएपछि सडक चिप्लो भएर दुर्घटनाको जोखिम रहेको ट्राफिक प्रहरी जवान झलनाथ वलीले बताए ।
यस्तो सडक समयमै सुधार गर्न नगरपालिकालाई समेत उनले अनुरोध गरे ।

हेर्नुहाेस तस्बिरहरु

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?