२०८१ जेष्ठ २ गते बुधवार

जाजरकोट: भुकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सहित २१ जनाको मृत्यु




पुर्ण कुमार / नेपालब्रेक
कार्तिक १८, डोल्पा

जाजरकोट जिल्लामा भूकम्पमा परी २२ जनाको मृत्यु भएको छ । शुक्रवार राती झण्डै १२ बजे तिर गएको भूकम्पमा परी भेरि नगरपालिकामा १० जना , कुशे गाउँपालिका ८ जना र नलगाड नगरपालिकामा ४ जनाको मृत्यु भएको जिल्ला प्रशाशन कार्यालय जाजरकोटले जानकारी दिएको छ ।


भुकम्पमा परी घाइतेको हरुको अहिले खलंगा स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने घाइतेहरुलाई अस्पताल सम्म ल्याउने क्रम जारी छ ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार गाउँपालिका ७ नं वडा सय भन्दा बढी घरहरु भत्किएको र ८ जनाको मृत्यु भएको छ ।
जाजरकोटकाे बारेकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर भूकम्प भएको थियो ।
यद्यपि बारेकोटमा क्षतिको अवस्था बारे वास्तविक जानकारी भने छैन । रातिको समय भएको हुँदा भूकम्पको वास्तविक क्षतिकाे विवरण भने आएको छैन ।
त्यस्तै भुकम्पमा परी नलगाड नगरपालिकाकी उप-प्रमुख सरिता सिंहकाे मृत्यु भएको छ । जाजरकोट केन्द्रविन्दु पारेर गएको भूकम्पको धक्का भने सल्यान , डोल्पा , सुर्खेत , रूकुम पश्चिम लगायत आसपासका जिल्लामा समेत महशुस गरिएको छ ।

तस्बिर : सामाजिक सञ्जाल फेसबुक देखि

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?