२०८१ जेष्ठ २ गते बुधवार

डाेल्पाकाे त्रिपुरासुन्दरीमा सञ्चालित तीन दिने स्वास्थ्य शिविर सम्पन्न :८६५ जनाले गराए उपचार !




पुर्ण कुमार/ नेपालब्रेक
डोल्पा ,२७असोज

हिमाली डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकाेट स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा सुरु भएको तीन दिने निशुल्क स्वास्थ्य शिविरबाट आठ सय पैसठ्ठी जनाकाे उपचार भएको छ ।
नगरपालिकाकाे ग्रामीण भेगमा विभिन्न राेगले थलिएका आठ सय पैसठ्ठी जना बिरामीले निशुल्क विशेषज्ञ सेवा सहितको उपचार पाएका हुन् ।
सामान्य उपचारको लागि लाखौं रकम खर्च गरी काठमाण्डौं , सुर्खेत, नेपालगञ्ज जस्ता शहर जानु पर्ने डोल्पा बासी यतिखेर घर आगनमै तीन दिने निशुल्क शिविर बस्दा खुसी भएका थिए ।

बिहीबार देखि सुरु भएको तीनदिने शिविरमा शिविर सुरू भएदेखिनै उपचारकालागि बिरामी भरिएको नगरपालिकाका स्वास्थ्य शाखा इन्चार्ज तुल बहादुर श्रेष्ठले बताए ।
सम्पूर्ण विशेषज्ञ सेवा एउटै छानाभित्रबाट पाइने भएकाले राेगले ग्रस्त,गरिव विपन्न व्यक्तिकालागि सुनाैलाे अवसरकाे रुपमा शिविर सञ्चालन गरिएको उनकाे भनाइ छ ।

त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको थियो ।

शिविर तीन दिनसम्म चलेको नगरपालिकाले जनाएको छ । शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धी रोग, दन्त रोग, बाल रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती रोग र भिडियो एक्स–रे सम्बन्धी सेवा दिइएको थियो ।

शिविर सम्पन्न भए पछि कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला देखि आउनु भएका डाक्टर लगायत सम्पूर्ण कर्मचारीहरुलाइ नगरपालिका परिवारले खाँदा अबिर लगाई विदाई गरेको थियो ।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?