२०८१ जेष्ठ २ गते बुधवार

स्याक नेपालकाे सहजिकरणमा काइके गाउँपालिकामा तीन दिने आकस्मिक शिक्षा योजना तालिम सम्पन्न !



रामचन्द्र न्याैपाने,
डाेल्पा ५ असार :काइके गाउँपालिकामा स्थानीय सरोकारवालाको सहभागितामा आपतकालीन अवस्थामा आकस्मिक शिक्षा योजना तालिम सम्पन्न भएको छ ।
काइके गाउँपालिकाको आयोजना,स्याक नेपाल,प्लान इन्टरनेशनलको सहजिकरण र युरोपियन युनियनको आर्थिक सहयोगमा तिने दिने तालिम सम्पन्न भएको हो ।
तालिमबाट गाउँस्तरीय विपत व्यवस्थापन कार्यदल गठन गर्ने तथा विपत व्यवस्थापन कार्ययोजना समेत बताइएकाे छ ।
त्यसैगरि तालिमबाट गाउँस्तरीय सम्पर्क व्यक्ति गाउँपालिकाले तोक्नुका साथै विपत कोष खडा गर्ने र भैपरी आउने योजना निर्माण गरिएकाे स्याक नेपाल डाेल्पाका कार्यक्रम प्रमुख शशी पान्डेले जानकारी दिइन् ।
यसअघि ठुलिभेरी नगरपालिका,त्रिपुरासुन्दरी नगरपालिकामा पनि सहभागितामा आपतकालीन अवस्थामा आकस्मिक शिक्षा योजना तालिम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?