२०८१ जेष्ठ २ गते बुधवार

नागरिक सेवा प्रवाह र जगन्य कसुरकाे घटनास्थल सुरक्षासम्बन्धी तालिम सम्पन्न !




रामचन्द्र न्याैपाने
डाेल्पा २९ जेठ
नेपाल प्रहरीको नागरिक सेवा प्रवाह र जगन्य कसुरकाे घटनास्थल सुरक्षा सम्बन्धि दुइदिने तालिम सम्पन्न भएको छ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने त्रिपुराकाेटमा उक्त तालिम सम्पन्न भएको हाे ।
तालिमबाट नागरिक सेवा प्रवाह,मानव अधिकार रक्षा एवम् घटनास्थल सुरक्षा सम्बन्धि बिषयबस्तुमा केन्द्रित भएर दुइदिने तालिम सम्पन्न भएको प्रहरी नायव निरिक्षक रुद्र बहादुर शाहीले जानकारी दिए ।
तालिममा इलाका प्रहरी कार्यालय कराेपगार्ड,प्रहरी चाैकी लिकु,प्रहरी चाैकी त्रिपुराकाेट,जुफाल विमानस्थल सुरक्षागार्ड,अस्थाई विमानस्थल सुरक्षागार्ड पहाडा सहित तीनवटा युनिट सहभागी भएका थिए ।
प्रहरी सहयक निरिक्षक खेमराज भट्ट प्रशिक्षक भएकाे तालिमबाट ४९ जना प्रहरी जवान तथा अधिकारीहरु प्रशिक्षित भएका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?